PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

दुई दिन स्थगित गरेर पुग्दैन : लक्ष्मणलाल कर्ण



दुई दिन स्थगित गरेर पुग्दैन : लक्ष्मणलाल कर्ण

काठमाडौँ : आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको एक घटक सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले वार्ताका लागि संविधानको संशोधन माथिको मतदान प्रक्रिया स्थगित गर्नुलाई 'नौटङ्की'को संज्ञा दिएका छन्।

सर्लाहीमा सभामा रहेका कर्ण पहिलोपोस्टसित टेलिफोनमा भने – 'त्यस्तो नौटङ्की गरेर वार्ता हुन्छ? दुई दिन स्थगित गरेर हुन्छ कहीँ।'

उनले मधेशमा मान्छे मारिराखेको अवस्थामा वार्ता हुन नसक्ने बताए। 

'वार्ता सुरु भएको छैन। दुई दिन स्थगित गरेर हुन्छ? मधेशमा आज पनि मान्छे मारिराखेको छ अनि वार्तामा जान्छ नेता?', कर्णले भने – 'मधेशमा सहज वातावरण गर्नुपर्‍यो, वार्ता नभएसम्म स्थगित हुन्छ भन्नुपर्‍यो। केवल वार्ताका लागि वार्ता हो यो?'

यसअघि आजैदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी भए पनि तीन दलका शीर्ष नेताहरुको बैठकले आइतबारसम्मका लागि प्रक्रिया स्थगित गर्ने निर्णय गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell