PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सिके राउतको निशर्त रिहाइ माग्दै मधेश बन्द



सिके राउतको निशर्त रिहाइ माग्दै मधेश बन्द

काठमाडौँ : राज्य विप्लवको अनुसन्धानका लागि हिरासतमा रहेका स्वतन्त्र मधेश अभियन्ता सिके राउतको निशर्त रिहाइका लागि शनिबार तराईका विभिन्न जिल्लामा बन्द गरिएको छ। 

बन्द आयोजक सिके राउत बचाउ संघर्ष समितिका अनुसार बन्दको क्रममा झापामा देवेन्द्र सोनीलाई गिरफ्तार गरिएको छ।  
 
बिर्तामोड, मोरङ, सुनसरी,  सप्तरी, सिराहा, धनुषा, महोतरी, रौतहट, बारा, नवलपरासी, रूपन्देही लगायतका मधेशका विभिन्न स्थानमा चक्काजाम तथा प्रदर्शन गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

बन्दको क्रममा सिरहाको लहानमा बालेश्वर यादव, देवकान्त सिंह, भोलाजीत नेपाल लगायत दर्जन भन्दा बढी कार्यकर्ता गिरफ्तार गरिएको समितिले जनाएको छ।
 
असोज १९ र २० गते बकरिद पर्वलाई मध्यनजर गर्दै बन्दको कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ।

भदौ २९ गते पक्राउ परेका राउतलाई प्रहरीले राज्यविरुद्धको अपराध मुद्दामा अनुसन्धान थालेको छ।
 
अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतमा रहेकै अवस्थामा उनले गत असोज ५ गतेदेखि आमरण अनसन थालेका थिए। 
 
अन्तरिम संविधानद्वारा प्रदत्त अभिव्यक्ति स्वतन्त्रता र नागरिक हक सम्मान गर्ने प्रतिवद्धता सरकारले जनाएपछि राउतले ११ दिनदेखिको आमरण अनसन असोज १५ गते तोडेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell