PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सिके राउतसँग सम्वाद गरः नागरिक अगुवा



सिके राउतसँग सम्वाद गरः नागरिक अगुवा

काठमाडौं : नागरिक अगुवाको एक समूहले प्रहरी हिरासतमा रहेका डा. सिके राउतसँग गहन सम्वाद गर्न सरकारसँग आग्रह गरेको छ।

प्रहरी हिरासतमै आमरण अनशन बसेका डा. राउत गम्भीर बिरामी भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।   

'संविधान निर्माण प्रकृयाप्रति उदासिन हुँदै उनीमाथि नचाहिँदो दबाब दिनुको साटो उनीजस्ता फरक मत राख्नेसँग राज्यले गहन सम्वाद गर्न जरुरी छ', समूहद्वारा आइतवार जारी विज्ञप्तीमा उल्लेख छ, 'अदालतमा मुद्दा दर्ता भैइसकेकाले कानुनी प्रक्रिया पुरा हुन दिन बढी जिम्मेवार हुन राज्यको ध्यानाकर्षण गराउन चाहन्छौँ। उनका उचित माग तुरुन्त सम्वोधन गर्दै राज्यले सहज वातावरण निर्माण गर्नुपर्छ।'

विज्ञप्तीमा पद्मरत्न तुलाधर, प्रा. वीरेन्द्र मिश्र, खगेन्द्र संग्रौला, सिके लाल, मल्ल के सुन्दर, डा. कष्ण भट्टचन, डा. कृष्ण हाछेथु, हरी रोका, दीपेन्द्र झा, विजयकान्त कर्ण, राजेन्द्र महर्जन, झलक सुवेदी, धीरेन्द्र प्रेमर्षि, गणेशकुमार मण्डल, विमल अर्याल, तुलानारायण साह, अनुभव अजित, उज्ज्वल प्रसाई, युग पाठक, चिरण मानन्धर, राजेश अहिराज र रवी ठाकुरको नाम छ।

अनशन जारी रहँदा उनको स्वास्थ्य बिग्रँदै जाने र दुर्घटना पनि हुने सम्भावना भएकाले अन्य उपाय अपनाउन राउतलाई समूहले आह्वान गरेको छ।

'हाललाई अनशन स्थगित गरेर स्वस्थ भइ आफ्ना माग राख्न राउतका लागि मनाशिव हुनेछ। उनलाई अनशन स्थगित गर्ने वातावरण बनाउन राज्य बढ्ता जिम्मेवार हुनुपर्छ', विज्ञप्तीमा जनाइएको छ। 

सम्बन्धित समाचार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell