PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अस्पताल पुर्‍याइएका घाइतेको मृत्यु, केहीको अवस्था गम्भीर



पहिलोपोस्ट

अस्पताल पुर्‍याइएका घाइतेको मृत्यु, केहीको अवस्था गम्भीर

काठमाडौं : त्रिभुवन विमानस्थलमा भएको हवाई दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। 

दुर्घटनास्थलबाट काठमाडौं मेडिकल कलेज, सिभिल, नर्भिक लगायतका अस्पतालमा घाइतेहरु पुर्‍याइएको छ। घाइतेलाई अस्पताल पुर्‍याउने क्रम पनि जारी छ। काठमाडौं मेडिकल कलेजमा पुर्‍याइएका मध्ये केहीको निधन भएको त्यहाँ रहेका प्रहरीले बताएको हाम्रा संवाददाता प्रवीण रानाभाटले जानकारी दिए।

उनका अनुसार अस्पताल पुर्‍याइएकाहरुको अवस्था गम्भीर देखिएको छ। नर्भिक अस्पतालमा २ जना पुर्‍याइएको छ। काठमाडौं मेडिकल कलेजमा १७ जना लगिएको छ।

अस्पतालमा पुर्‍याइएका जोखिममा रहेका घाइतेहरुलाई आइसीयूमा राखिएको छ। 


गृह मन्त्री विमानस्थलमा

विमान दुर्घटना भएपछि गृह मन्त्री रामबहादुर थापा त्रिभुवन विमानस्थल पुगेका छन्। त्यस्तै नेपालका लागि वंगलादेशका राजदूत पनि विमानस्थल पुगेका छन्।

सम्बन्धित समाचार

'अफ रुट'बाट ओर्लिँदा विमान दुर्घटना: किन रुट बाहिरबाट ल्यान्ड? अनुसन्धान थालिँदै

अवतरणको क्रममा युएस बंगलाको विमान त्रिभुवन विमानस्थलमा दुर्घटना



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell