PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नामिबिया जाँदा १४ खेलाडी, फर्कँदा १३ मात्रै, कहाँ हराए एक क्रिकेटर? यस्तो छ कारण



नामिबिया जाँदा १४ खेलाडी, फर्कँदा १३ मात्रै, कहाँ हराए एक क्रिकेटर? यस्तो छ कारण

काठमाडौं : नामिबियामा भएको डिभिजन टु खेल्न १४ जना खेलाडीको टोली नेपालबाट प्रस्थान गरेको थियो। प्रतियोगिताको उपविजेता बनेर नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य शनिबार स्वदेश फर्किए।

शनिवार राति अबेर त्रिभुवन विमानस्थलमा टोलीका सबै खेलाडी देखा पर्दा ब्याट्सम्यान शरद भेषावकर भने टिमसँग थिएनन्। उनी किन नेपाल आएनन् त?

शरद नामिबियाबाट युएई हुँदै नेपाल नआई बीचैबाट अमेरिका उडेका हुन्। नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले शरद अमेरिका गएको पुष्टि गरे।

टमाटाका अनुसार शरद नेपाल टोलीसँगै युएई आएको र अबुधाबीबाट अमेरिका गएका हुन्।

‘शरद अबुधाबीबाट अमेरिका गएका छन्। अब टोली जिम्वावे जाँदा उनी उतै आउनेछन्,‘ टमाटाले पहिलोपोस्टलाई जानकारी दिए।

 शरदकी श्रीमती नायिका निशा अधिकारी हाल अमेरिकामा छिन् र चाँडै उनीहरुको सन्तान जन्मिँदैछ। त्यसैले श्रीमतिलाई साथ दिन उनी अमेरिका गएका हुन्।

निशा अधिकारीले फेसबुकमा अपलोड गरेको फोटो

प्रशिक्षक टमाटाका अनुसार अब दुई दिन रेस्ट गरेपछि क्याम्प सुरु हुनेछ। तर क्याम्पमा शरद् भने हुने छैनन्। ३/४ दिन क्याम्पमा बसेपछि टोली जिम्वावे जानेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell