PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाली क्रिकेट टोली अर्को साता जिम्वावे जाने



गोविन्दराज नेपाल

नेपाली क्रिकेट टोली अर्को साता जिम्वावे जाने

काठमाडौं : मार्च ४ देखि २५ सम्म हुने आइसीसी वान डे वर्ल्ड कप क्वालिफायरमा प्रतिस्पर्धा गर्न नेपाली टोली यही फेब्रुअरी २४ अर्थात् अर्को साता जिम्वावे जाने भएको छ।

शनिवार नामिबियाबाट स्वेश फर्किएपछि नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले यो जानकारी दिएका हुन्।

'हामीले २४ तारिख जिम्वावे जाने प्रोग्राम बनाइसकेका छौँ। अब हामीसँग समय कम छ। २ दिन रेस्ट गरेपछि क्याम्प सुरु हुन्छ। ३/४ दिन क्याम्पमा बसेपछि हामी जिम्वावे जानेछौँ।'

उनले सबै खेलाडी क्रिकेट खेलिरहेका कारण केही दिन रेस्ट चाहिने बताए। यस्तै उनले वर्ल्ड कप क्वालिफायर नयाँ चुनौती भएको  र प्ल्याटफर्म भएको समेत बताए।

'चुनौती छ। जिम्वावेमा पनि चुनौती हुन्छ।  त्यहाँ आफ्नो क्रिकेटलाई कसरी प्रस्तुत गर्ने भन्ने मुख्य विषय हो', टमाटाले भने, 'हामीले एउटा राम्रो प्ल्याटफर्म पाएका छौँ। अब हामीले त्यसलाई कसरी अचिभ गर्ने भन्ने हो। हामीले बेटरभन्दा बेटर क्रिकेट खेल्ने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell