PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आइओएमको डिनमा डा. अग्रवालकै निरन्तरता, त्रिविले दियो पत्र



सागर बुढाथोकी

आइओएमको डिनमा डा. अग्रवालकै निरन्तरता, त्रिविले दियो पत्र

काठमाडौँ : डा. जगदीशप्रसाद अग्रवालले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा निरन्तरता पाएका छन्। डिनका रुपमा निरन्तर काम गर्न त्रिभुवन विश्वविद्यालयले पत्र दिएको अग्रवालले बताए। त्रिविले अग्रवाललाई आज नै पत्र दिएको हो।

'कानुनी रुपमा म नै डिन थिएँ। तर, त्रिविले मलाई काम गर्न अवरोध गरेको थियो। चलखेल गर्न असफल भएपछि मलाई नै डिन बनाए। अब आधिकारिक रुपमै डिन भएँ,' अग्रवालले भने, '२०७३ कात्तिक २३ को मेरो नियुक्तिलाई त्रिविले निरन्तरता दियो।'

डिनको रुपमा निरन्तरता पाएसँगै अस्पताल सुधारका काम गर्ने अग्रवालले बताएका छन्। उनले भने, 'सिट निर्धारण, शुल्क निर्धारण, मेरिट सिस्टम लगायतका कामहरु म डिन भएर आएको छोटो समयमा सफल भयो। अब अस्पताल सुधार र चिकित्सा शिक्षा र उपचार दुबैमा गुणस्तरीय बनाउन जोड दिन्छु।'

त्रिविले चिठी नदिएपनि अग्रवालले काम गर्न भने छोडेका थिएनन्। तर, त्रिविको अवरोध कारण काम अघि बढ्न सकेको थिएन।

सर्वोच्च अदालतले ४ दिनको लागि डा. शशी शर्मालाई पुस २३ गते डिन बनाएसँगै आइओएममा डिन विवाद चर्किएको थियो। डा. अग्रवाल र शर्मा दुबैले डिनकै रुपमा काम गरेका थिए। डिनको विवादको कारण डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनशन बसेका थिए। 

सरकारले गैरकानुनी रुपमा आफूलाई बर्खास्त गरेको भन्दै शर्माले सर्वोच्चमा मुद्दा हालेका थिए। सोही मुद्दामा पुनर्बहाली गर्ने आदेश सर्वोच्चले दिएपछि शर्माको अवधि चार दिनमात्र बाँकी थियो। म्याद सकिएपछि पनि उनैलाई डिनमा निरन्तरता दिन त्रिभुवन विश्वविद्यालय लागिपरेको थियो। डा. केसीको अनशनको कारण शर्मालाई निरन्तरता दिन नसकेपछि त्रिविले नयाँ डिन नियुक्त गर्ने कदम चालेको थियो।

यता अग्रवालले सर्वोच्चले डा शर्मालाई पुनर्बहाली गर्ने फैसलामा आफ्नो डिन नियुक्ति गैरकानुनी नभएको भन्ने उल्लेख गरेको कारण आफू नै डिन हुनुपर्ने अडान छाडेका थिएनन्। कानुन व्यवसायीले समेत अग्रवालले नै डिनमा निरन्तरता पाउनु पर्ने बताउँदै आएका थिए।

गत माघ २३ गते डाक्टर केसीले प्रेस विज्ञप्ति जारी गर्दै डिन अग्रवाललाई काम गर्न अवरोध गर्ने त्रिवि पधाधिकारीलाई तत्काल बर्खास्त नगरे अनशन बस्ने चेतावनी दिएका थिए। सोही दिन चिकित्सा शिक्षा  सम्बन्धि जाँचबुझ आयोगले मेडिकल शिक्षामा बेथिति निम्त्याउन भूमिका  खेलेको व्यक्तिहरुको नाम राखेको प्रतिवेदन मिडियामा लिक भएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell