PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बदामको फाइदा अनेक, क्यान्सरदेखि गर्भवती महिलाको प्रजनन् क्षमतासमेत बढाउँछ



पहिलोपोस्ट

बदामको फाइदा अनेक, क्यान्सरदेखि गर्भवती महिलाको प्रजनन् क्षमतासमेत बढाउँछ

काठमाडौं : कतिपय घरेलु खाद्यान्न स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक हुन्छ। त्यसका बारेमा धेरैलार्इ जानकारी नहुन सक्छ। जसरी काँचो केराले मधुमेहदेखि क्यान्सरका रोगीलाई फाइदा गर्छ, त्यसैगरी बदामको पनि फाइदा धेरै छ।
 

जाडो मौसम शुरु भएसँगै विभिन्न रोगको संक्रमण पनि बढ्ने गर्छ। विशेषगरी छालाको समस्या देखिने र दीर्घ रोग भएकालाई जाडो मौसमले सताउँछ।
 

मानिसहरु जाडो मौसममा घाम ताप्दै बदाम र  सुन्तला खाने गर्छन्। सामान्यत: समय बिताउन खाने बदामको फाइदा धैरैलाई थाहा नहुन सक्छ। घाममा  भिटामिन डी हुनाले हाड बलियो बनाउन मदत गर्छ। बदाममा पाइने क्याल्सियम र भिटामिन डीले हाडलाई पर्याप्त शक्ति प्रदान गर्ने चिकित्सकहरु बताउँछन्। बदाममा लगभग सबै प्रकारका पोषक तत्व पाइन्छ।


एक सय ग्राम काँचो बदाममा एक लिटर दुधमा पाइने प्रोटिन हुने छाला रोग विशेषज्ञ डा. शिरपा बज्रचार्य बताउँछिन्। बदाम भुटेर वा काँचै खान पनि सकिन्छ।


फल मात्रै होइन बदामको तेल पनि छालाका किटाणुलाई नष्ट गर्न फाइदाजनक हुने बज्रचार्य बताउँछिन्। जसको कारण छालामा देखिने धेरै रोग हराउँछ।


बदाममा अत्याधिक प्रोटिन पाइने हुनाले विभिन्न औषधि बनाउन उपयोग हुने मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. प्रिया दर्शनी योन्जन बताउँछिन्। जसका कारण बदाम त्यतिकै खाँदा धेरै रोगका विरामीलाई फाइदा गर्छ।


मुटुरोग विशेषज्ञ डा. रोशन राउत सातामा ६ दिन बदाम सेवन गर्नाले मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने बताउँछन्। बदामले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्छ।


हार्मोन उत्पादन सन्तुलित भए मात्र शरीरको विभिन्न प्रकिया सञ्चालन हुन्छ। नियमित बदाम सेवनले पुरुष र महिला दुवैको हार्मोन उत्पादनलाई सन्तुलित बनाउन सहयोग पर्‍याउँछ।


फोलिक एसिड गर्भ अवस्थामा महिलाहरुलाई नभइ नहुने तत्व हो। यो तत्व बदाममा अत्यधिक पाइने डा. बज्रचार्य बताउँछिन्। यसले गर्भावस्थाका बेला भ्रुणमा न्यूरल ट्युबको दोषलाई कम गर्छ। साथै यसले महिलामा प्रजनन् शक्ति बढाउन पनि मद्दत गर्छ।


एन्टी-अक्सिडेन्टले शरीरलाई नभइ नहुने तत्व हो। बदाममा पोलीफिनोलिक नामक एन्टी–अक्सिडेन्ट पाइन्छ। यसले पेटको क्यान्सरको जोखिमलाई कम गर्छ। बुढ्यौलीपनलाई नियन्त्रणदेखि मष्तिक र स्नायु रोगहरुको लागि पनि फाइदाजनक हुन्छ। दुई चम्चा बदामको मक्खन सातामा एक पटक सेवन गर्नाले महिला र पुरुष दुवैमा पेटको क्यान्सरको जोखिम कम हुने डा. राउत बताउँछन्।

यो पनि पढ्नुहोस्
काँचो केरा जसले, मधुमेहदेखि क्यान्सरलाई समेत फाइदा पुर्‍याउँछ

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell