PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काँचो केरा जसले, मधुमेहदेखि क्यान्सरलाई समेत फाइदा पुर्‍याउँछ



पहिलोपोस्ट

काँचो केरा जसले, मधुमेहदेखि क्यान्सरलाई समेत फाइदा पुर्‍याउँछ

काठमाडौं :  धैरै मानिसलाई थाहा नहुन सक्छ काँचो केरा खानुका फाइदा। त्यसैले काँचो केरा खाने मानिस भेटिनन्। मधुमेह तथा थाइराड रोग विशेषज्ञ डा. प्रिया दर्शनी योन्जनका अनुसार पाकेको केरा जत्तिकै काँचो केरा पनि मानवीय स्वास्थ्यको लागि उत्तिकै फाइदा जनक हुन्छ। विभिन्न अध्यन तथा अनुसन्धानले काँचो केरा खाँदा धेरै फाइदा हुने देखाएको छ।
 

काँचो केरा अचार वा तरकारी बनाएर मात्र खानेहरु पनि छन्। तर, पाकेको जस्तै त्यतिकै काँचो केरा खाने चलन हामी कहाँ छैन्।
 

काँचो केरामा पोटाशियम हुन्छ। जसले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने डा. प्रिया बताउँछिन्।
 

डा. प्रियाका अनुसार काँचो केराले शरीरलाई दिनभर सक्रिय बनाउछ। काँचो केरामा पाइने भिटामिन बी–६ र भिटामिन सीले कोषहरूलाई पोषण दिन्छ।
 

काँचो केरामा ‘स्टर्च’का साथै एन्टी–अक्सीडेन्ट्स पनि पाइन्छ। त्यसैले दैनिक एक कोसा काँचो केरा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।


डा. प्रियाका अनुसार यस्ता छन् काँचो केराका फाइदा

मधुमेह नियन्त्रण : मधुमेहको शुरुवाती क्रममा नै काँचो केरा खान थाल्यो भने मधुमेह नियन्त्रणमा राख्छ। नियमित काँचो केरा सेवनले शरीरमा चिनीको मात्रा बढ्न दिदैँन्।
 

तौल घटाउन सहयोग : तौल घटाउन चाहनेले दैनिक एक कोसा काँचो केरा खानु राम्रो हुन्छ। यसमा पर्याप्त मात्रामा फाइबर पाइन्छ। जसले अनावश्यक बोसोलाई हटाई शरीरमा भएको बिकारयुक्त पदार्थलाई पनि सफा गर्छ।
 

भोक लाग्दैन : काँचो केरामा पाइने फाइबर र पोषक तत्वले भोकलाई नियन्त्रण गर्छ। काँचो केरा खानाले बेलाबेलामा लागि रहने भोक हराएर जान्छ।
 

कब्जियतमा आराम : काँचो केरामा फाइबर र स्वास्थावर्धक स्टर्च पाइन्छ। जसले आन्द्रामा विकारयुक्त पदार्थलाई जम्मा हुन दिदैन। त्यसैले कब्जियतको समस्या भए काँचो केरा खानु लाभदायक हुन्छ।
 

पाचन प्रक्रियालाई राम्रो बनाउँछ : काँचो केरा नियमित खानाले पाचन प्रक्रिया राम्रो बनाउछ र पाचन प्रक्रियामा सहभागी पाचन झोललाई सक्रिय बनाइराख्छ।
 

यसबाहेक काँचो केरा खानाले अनेक प्रकारका क्यान्सरबाट पनि बचाउनमा सहयोग पुर्‍याउछ। काँचो केरामा पाइने क्याल्शियमले हड्डीलाई बलियो बनाउने काम पनि गर्छ।

यो पनि पढ्नुहोस्

जीवनभर निको नहुने ‘खतरनाक रोग’ जसले कुनै उमेर समूहका मानिसलाई छाड्दैन

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell