PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

यति प्रविधियुक्त हुँदा पनि तीन दिनसम्म किन हरायो ह्युइ हेलिकप्टर?



यति प्रविधियुक्त हुँदा पनि तीन दिनसम्म किन हरायो ह्युइ हेलिकप्टर?
फोटोः विकीपेडिया।

  • भिपेस चौधरी-
गएको मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको UH-1Y Huey हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको खबर सार्वजनिक भएको छ। यो हेलिकप्टर यत्तिका घण्टा बेपत्ता हुनु नै रहस्यमय भयो किनभने यो जिपिएस, रेडियो तथा आपतकालीन लोकेटर बेकनसँग जोडिएको हुन्छ।

जे होस्, नेपाली सेनाले चौँथो दिन बल्ल हेलिकप्टर भेटेको छ। दुर्घटना कसरी भयो भन्नेबारे सत्यतथ्य सार्वजनिक होला/नहोला तर भियतनाम युद्धको लिगासी बोकेको यो दुर्घटनाग्रस्त सेमिफाइटर हेलिकप्टर धेरैको चासो बनेको छ। यो हेलिकप्टरका विशेषता के थिए भन्नेबारे जानकारी दिनु यो लेखको मूल उद्देश्य हो।

हेलिकप्टर कसरी दुर्घटना भयो भन्ने पहिलो प्रश्न हो। दुर्घटना पाइलटमा भर पर्ने कुरा हो। अमेरिकन पाइलटलाई हेलिकप्टर क्र्यास भयो भने के गर्ने भन्नेसम्मको तालिम दिएको हुन्छ। मानौँ क्र्यास भयो रे। क्र्यास नै हुँदा पनि प्रोटेक्ट गर्ने १० ओटा सेफ्टी सिट हुन्छन्। यसको मतलब दुर्घटनामै पर्‍यो भने पनि बाँच्ने सम्भावना हुन्छ। ६ ओटा स्ट्रेचर राख्न मिल्छ। यो हेलिकोप्टरको तौल ५३७० केजी हुन्छ। यसले तीन हजार २० केजी बोक्न सक्छ। अर्थात उड्दा यसको अधिकतम तौल ८ हजार ३ सय ९० केजी सम्म हुन सक्छ। यसका प्रयोजनअनुसार भेरिएन्ट फरक हुन्छन्। यसको नाममा रहेको Y लाई यांकी भनिन्छ। यसका पछिल्ला भेरियन्टलाई यांकी भनिन्छ। 

नेपाली सेनाले ११ हजार दुई सय फिट उचाइमा दुर्घटना भएको भनेको छ। यदि उड्ने क्षमताको कुरा गर्ने हो यो ६ हजार एक सय मिटर अर्थात २० हजार फिटभन्दा माथि जान सक्छ। एक मिनेटमा २५ सय २० फिट माथि जान सक्छ। एक सेकेन्डमा १२.८ मिटरमाथि। स्थिर (होभर) पनि बस्न सक्छ। यसमा फरवार्ड लुकिङ इन्फ्रारेड सिस्टम हुन्छ। टार्गेट सर्चिङ सेन्सर हुन्छ। उदाहरणका लागि यसले ४० जना उस्तै उस्तैको बीचमा पनि २० जना दुश्मनलाई टार्गेट लगाउन सक्छ।


Photo: marinecorpstimes.com
टर्बाइनले साफ्ट चल्छ त्यसले रोटर। रोटर बुलेट प्रुफ हन्छ। यसमा टर्बोसाफ्ट इन्जिन हुन्छ। चारओटा रोटर हुन्छन्। रोटर भनेको घुम्ने फ्यान वा ब्लेड हो। यसैले हावालाई काट्छ। यसको बडी सेमिमनोकोक हुन्छ। सिंगल स्ट्रक्चरमा अथवा मेन फ्रेममा पार्ट जोडिएको।

अर्को कुरा यसको साउन्ड। हेलिकप्टरबाट आवाज किन निस्कन्छ? त्यो आवाज ब्लेडले हावा काट्दा आउने हो। यसमा चारओटा ब्लेड हुन्छन्। दुईओटा माथि, दुईओटा तल। दुईवटाले हावा काट्दा निस्कने आवाजलाई अरु दुईवटा ब्लेडले सप्रेस्ड गर्छन्, एन्टिक्लकवाइज। अर्थात यसको सप्रेस्ड साउन्ड हुन्छ।

यो हेलिकप्टर उड्दा एक हजार ५ सय ४६ साफ्ट हर्स पावर शक्ति निरन्तर जेनेरेट हुन्छ अर्थात ११५० किलोवाट। २.५ मिनेटसम्म यो भन्दा पनि धेरै पावर निकाल्न मिल्छ। पहिरो/भुइँचालो जस्ता प्राकृतिक विपत्तिको अवस्थामा पनि एलर्ट रहने हो भने उडाउन सकिने अवस्था हुन्छ।
यो हेलिकप्टर एक सय ६४ नट अर्थात तीन सय चार किलोमिटर प्रति घण्टा उड्न सक्छ। एक सय ९८ नटभन्दा बढि अर्थात ३६६ किलोमिटर प्रतिघण्टा कुनै पनि हालतमा लैजानु हुँदैन। दुई सय ५० किलोमिटर प्रति घण्टा कुदाएमा यो हेलिकप्टरबाट सबैभन्दा बढी उपयोगिता लिन सकिन्छ। यसमा मेसिनगन तथा रकेटलन्चर लगायतका हतियार राख्न सकिन्छ। स्वाचलित हतियार इन्बिल्ट राख्न सकिन्छ।  

अमेरिकाको फाइटर एअरक्राफ्ट कम्पनी बेलले बनाएको यो फाइटर युटिलिटी हेलिकप्टरको उचाइ ४.५ मिटर र लम्बाइ १७.८ मिटर छ। बेलले अमेरिकाका लागि सन् २०१६ सम्ममा यस्ता १६० ओटा हेलिकप्टर बनाउँदैछ।  


Photo: Wikipedia
यो भियतनाम युद्धमा घाइतेको उपचारमा चिकित्सकलाई परिचालन गर्दा युटिलिटी हेलिकप्टरका रुपमा प्रयोग गरिएको थियो। यसलाई UH-1N भनिन्थ्यो। अहिलेको UH-1Y Huey त्यसैलाई अत्याधुनिक रुपमा बनाइएको हो। AH-1Z अट्याक हेलिकप्टर अमेरिकाको सबैभन्दा शक्तिशाली र सफल हेलिकप्टर हो। त्यो हेलिकप्टरसँग अहिले हराएको हेलिकप्टरका ८४ प्रतिशत आइडेन्टिकल छन्। अर्थात ८४ प्रतिशत गुण त्यो मिल्छन्। १९७० मा यसमा सिंगल इन्जिन हुन्थ्यो। पछि यसलाई सुधार गरियो र दुईओटा इन्जिन बनाइयो।


Photo: Wikipedia
यो युटिलिटी (सामान ओसार्ने) हेलिकोप्टर मात्र होइन, कम्ब्याट हेलिकप्टर पनि हो। युद्धमा प्रयोग हुने अत्याधुनिक युटिलिटी हेलिकोप्टर। २४ किलोमिटरको दूरीमा दुश्मन छ भने थाहा हुन्छ। तीन घण्टा ३० मिनेटसम्म यो हावामा बस्न सक्छ। दुईओटा इन्जिन मध्ये एउटा फेल भए अर्कोले काम गर्छ।

एभिएसन फ्युल अर्थात इन्धन सकियो भने पनि आगो लाग्ने सम्भावना निकै कम हुन्छ। इमर्जेन्सी ल्यान्डिङ र सेफ ल्यान्डिङ गर्न सकिन्छ। क्र्यास भयो भने इन्धन पुरै बन्द हुन्छ जसका कारण आगो लाग्ने सम्भावना कम हुन्छ। स्लाटेलाइनसँग कन्ट्याक्ट हुन्छ। जिपिएस नै भनिन्छ यसलाई पनि। यतिका दिन सम्पर्क नहुने कुरा अचम्म भयो।

लेखक एरोनोटिकल इन्जिनियर हुन्। उनले चीनको नान्जिङ युनिभर्सिटी अफ एरोनोटिक्स एन्ड एस्ट्रोनोटिक्सबाट सन् २०१२ मा इन्जिनियरिङ गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell