PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

को बन्नेछ 'फिफा बेस्ट प्लेअर'? आज हुँदैछ फैसला



पहिलोपोस्ट

को बन्नेछ 'फिफा बेस्ट प्लेअर'? आज हुँदैछ फैसला

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने फिफा बेस्ट अवार्डको विजेता आज राती घोषणा हुँदैछ।

लण्डन पलाडिएममा हुने अवार्डका लागि मेन्सतर्फ क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र नेमार होडमा छन्। गत वर्षबाट फिफा बेस्ट अवार्डको प्रदान गर्न थालिएको हो। जसमा रोनाल्डोले मेसी र एन्टोनी ग्रीजमनलाई पछि पार्दै अवार्ड जितेका थिए

विश्वभरका राष्ट्रिय फुटबल टिमका कप्तान, प्रशिक्षक, सेलेक्टेड स्फोर्ट्स जर्नालिस्ट र अनलाइन भोटिङका आधारमा विजेताको छनोट गरिनेछ।

गत सिजन रियल मड्रिडलाई स्पेनिस ला लिगा र युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताउन भूमिक खेलेका रोनाल्डोलाई यस पटक पनि अवार्डको दाबेदारको रुपमा हेरिएको छ। रोनाल्डोलाई टक्कर दिने खेलाडीमा मेसी र नेमार रहेछन्।

यस्तै महिलातर्फ भेनेजुएलाका १८ वर्षीय डेएना कास्टेबालोस, अमेरिकाको चार्ली लोएड र बार्सिलोनाबाट खेल्ने डच खेलाडी लिएके मार्टेन्स अवार्डको होडमा छन्।

यस्तै अवार्ड समारोहमा वुमन्स बेस्ट प्लेअर, मेन्स बेस्ट कोच, वुमन्स बेस्ट कोच, पुस्कास अवार्ड र फ्यान सपोर्टर अवार्ड पनि प्रदान गरिनेछ। यस संस्करणबाट उत्कृष्ट गोलकिपरको लागि बेस्ट गोलकिपर अवार्ड पनि प्रदान गरिने भएको छ।

सन् १९९१ मा फिफा वर्ल्ड प्लेअर अफ दी इअरको नामबाट शुरु भएको फिफा अवार्ड २०१० देखि २०१५ सम्म फिफा बालोन डे'णर अवार्डको नामबाट प्रदान गर्न थालिएको थियो। तर २०१५ मा फ्रान्स म्यागेजिनले छुट्टै बालोन डे'ओर अवार्ड गर्न शुरु गरेपछि फिफाले गत संस्करणबाट नयाँ भर्सनमा फिफा बेस्ट अवार्डको शुरुवात गरेको हो।

अहिलेसम्म सबै प्रकारका अवार्डमा लियोनेल मेसीले सर्वाधिक ५ पटक फिफा अवार्ड जितेका छन् भने रोनाल्डोले ४ पटक अवार्ड जितेका छन्। यस संस्करणमा अवार्ड जिते रोनाल्डोले मेसीसँग सर्वाधिक अवार्ड जित्ने कीर्तिमान बराबरी गर्नेछन्।

सन् २००७ यता मेसी र रोनाल्डोबाहेक फिफा अवार्ड अरु खेलाडीले जित्न सकेका छैनन्।

 

 

यी हुन् अवार्ड नोमिनिजहरु

मेन्स बेस्ट प्लेअर : क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी, नेमार

वुमन्स बेस्ट प्लेअर : डेएना कास्टलानोस, चर्ली लोएड, लिएके मार्टेन्स

मेन्स कोच :, मासिमिलियानो अलेग्री, एन्टोनियो कोन्टे, जिनेदिन जिदान

वुमन्स कोच : निल्स नेल्सन, जेरार्ड प्रिचेउर, सारिना विगमन

बेस्ट गोलकिपर : जियानलुजी बफोन, केलर नाभास, मानुएल नोए

पुस्कास अवार्ड : डेएना कास्टलानोस, ओलिभचर जिरुड, ओस्कारिन मासुलुके

फ्यान अवार्ड : बोरुसिया डर्टमण्ड सपोर्टर, सेल्टिक सपोर्टर, एफसी कोपनहेगन सपोर्टर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell