PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

रोनाल्डोले जिते फिफा बेस्ट अवार्ड, प्रशिक्षकमा रानिएरी उत्कृष्ट



पहिलोपोस्ट

रोनाल्डोले जिते फिफा बेस्ट अवार्ड, प्रशिक्षकमा रानिएरी उत्कृष्ट

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले बेस्ट फिफा फुटबल अवार्डमा बेस्ट प्लेयरको अवार्ड जितेका छन्। रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्ने रोनाल्डोले अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका एन्टोनी ग्रिजमनलाई पछि पार्दै अवार्ड जितेका हुन्। 

फिफा र फ्रान्स फुटबलबीचको ६ वर्षे सहकार्य तोडिएसँगै पहिलो पटक भएको फिफा बेस्ट अवार्डमा विश्वभरका राष्ट्रिय कप्तान र प्रशिक्षक, सेलेक्टेड स्पोर्ट्स जर्नालिस्ट र अनलाइन पोल भोटिङका आधारमा रोनाल्डोले अवार्ड जितेका हुन्। चारवटै क्याटेगोरीको २५ प्रतिशत भोट गणना भएको हो।

जसमा रोनाल्डोले ३४.५४ भोट प्राप्त गरे भने उनका प्रतिद्वन्दी लियोनल मेसीले २६.४२ भोट पाए। पहिलो पटक शीर्ष तीनमा परेका ग्रिजमनले ७.५३ भोट मात्र प्राप्त गरे।

रोनाल्डो पोर्चुगलले पहिलो पटक युरोकपको उपाधि जित्दा त्यसको महत्वपूर्ण सदस्य थिए भने रियल मड्रिडले गत सिजन कीर्तिमानी ११ औं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो।

यस्तै महिलातर्फ अमेरिकी खेलाडी चार्ली लोएड उत्कृष्ट घोषित भइन् भने लेस्टरलाई पहिलो पटक प्रिमियर लिगको उपाधि दिलाएका क्लाउडियो रानिएरी उत्कृष्ट प्रशिक्षक चुनिए। चार्ली लोएडले ब्राजिलिउन मार्टा र जर्मनीकी मेलानी बेहरिङ्गरलाई पछि पारिन्।

यस्तै रानिएरीले पोर्चुगलका फर्नान्डो सान्तोस र रियलका जिनेदिन जिदानलाई पछि पारेका हुन्।  महिलातर्फ जर्मनीकी श्ल्भििया नेइड उत्कृष्ट प्रशिक्षक चुनिइन्। 

मलेसियाका मोहद फैज सुब्रीले उत्कृष्ट गोलको लागि पुस्कास अवार्ड प्राप्त गरे।

यस्तै बेस्ट प्mयानको अवार्ड लिभरपुल र बोरुसिया डर्टमण्डको समर्थकलाई प्रदान गरियो। 

फियर प्लेको अवार्ड कोलम्वियन क्लब एथ्लेटिको नासिओनललाई प्रदान गरियो। कोपा सुडामेरिका फाइनल खेल्न कोलम्विया गएको ब्राजिलियन क्लब चापाकोएन्सको खेलाडी बोकेको विमान दुर्घटना परी क्लबका खेलाडीको मृत्यु भएपछि नासिओनलले चापानकोएन्सलाई अवार्ड प्रदान गर्न आग्रह गरेको थियो।

यस्तै फिफा प्रो ११ मा ला लिगाका खेलाडीको बाहुल्य रहेको छ। जसमा रियबाट सर्बाधिक ५ खेलाडी परेका छन् भने बार्सिलोनाबाट ४ खेलाडी छन्। यस्तै जर्मन क्लब वायर्न म्युनिख र इटालियन क्लब युभेन्ट्सबाट १/१ खेलाडी परेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell