PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इपीएलको अक्सनका लागि १६० खेलाडीको नाम दर्ता, अक्सनमा भने ७० खेलाडीमात्र समावेश हुने



पहिलोपोस्ट

इपीएलको अक्सनका लागि १६० खेलाडीको नाम दर्ता, अक्सनमा भने ७० खेलाडीमात्र समावेश हुने

काठमाडौं : आगामी डिसेम्वरमा हुने तय भएको एभरेष्ट प्रिमियर लिग (इपीएल)को खेलाडी  अक्सनका लागि १६० जना खेलाडीले नाम रजिस्टर गरेका छन्।

आयोजकले निर्धारण गरेको ए, बी र सी क्याटेगोरीमा गरी कूल १६० खेलाडीले इपीएलको वेव साइटमा नाम रजिस्टर गरेको आयोजकले जनाएको छ।

इपीएलका लागि अक्टोबर २३ अर्थात कार्त्तिक ६ गते अक्सन हुँदैछ। तर आयोजकका अनुसार १६० मध्ये ७० खेलाडी मात्र अक्सनमा समावेश गरिने भएको छ।

इपीएलको टेक्निकल कमिटिले सहभागित ६ टिमसँग सल्लाह गरेर ७० खेलाडीको नाम सर्टलिस्ट गर्ने जनाएको छ।

यसअघि ६ टिमका एक-एक मार्क्यु खेलाडीको नाम सार्वजनिक भइसकेको छ। सहभागि टिमहरुमा काठमाडौं किंग्स एलेभेन, ललितपुर प्याट्रिओट्स,  विराटनगर वारियर्स,  भैरहवा ग्लाडिएटर्स,  पोखरा राइनोज र चितवन टाइगर्स रहेका छन्।

नेपाली राष्ट्रिय सिनियर टिमका कप्तान पारस खड्का विराटनगरको मार्क्यु प्लेयरमा छन् भने उपकप्तान ज्ञानेन्द्र मल्ल ललितपुरको मार्क्यु प्लेयरमा छन्।

यसबाहेक सोमपाल कामी काठमाडौं, शक्ति गौचन पोखरा, शरद भेषावकर भैरहवा र दीपेन्द्र सिंह ऐरी चितवन मार्क्यु प्लेयरमा हुन्।

अर्को सोमबार हुने अक्सनमा मार्क्यु प्लेअर, टिम कोच र टिम म्यानेजरले सहभागिता जनाउने पाउने आयोजकले जनाएको छ।

प्रत्येक टिमले अक्सनबाट १०-१० खेलाडी छान्न पाउनेछन्। यस्तै प्रत्येक टिमले ३ विदेशी खेलाडी राख्न पाउनेछ भने एक जना लोकल प्लेअर ट्यालेन्ट हण्डमार्फत छनोट गर्नुपर्नेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell