PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

इपीएल अब नयाँ स्वरुपमा : छ फ्रेन्चाइज टिम, विजेतालाई २१ लाख, प्रत्येक टिममा ३ विदेशी खेलाडी



गोविन्दराज नेपाल

इपीएल अब नयाँ स्वरुपमा : छ फ्रेन्चाइज टिम, विजेतालाई २१ लाख, प्रत्येक टिममा ३ विदेशी खेलाडी

काठमाडौं : एभरेष्ट प्रिमियर लिग इपीएलको दोस्रो संस्करण नयाँ स्वरुपमा हुने भएको छ। आयोजक जोहोरा स्पोर्टस् म्यानेजमेन्टले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै इपीएल-२०१७ मा ६ शहरका फ्रान्चाइज टीम रहने घोषणा गरेको हो।

साथै परिमार्जित संस्करणको नयाँ लोगो समेत सार्वजनिक गरियो। राष्ट्रिय क्रिके६ टिमका कप्तान पारस खड्का, प्रशिक्षक जगत टमाटा र आयोजक जोहोराका अध्यक्ष आमिर अख्तरले लोगो सार्वजनिक गरे।

प्रतियोगिताको सबै विषयमा जानकारी नदिइएपनि विजेताले पाउने नगद पुरस्कार राशी घोषणा, नयाँ लोगो, छ शरहको टिमको नाम घोषणा, खेलाडी अक्सन र प्रत्यक टिमले ३ विदेशी खेलाडी राख्ने विषय आइतबारको कार्यत्र्रममको मुख्य आकर्षण रह्यो।

आयोजक जोहराका अध्यक्ष तथा पूर्व राष्ट्रिय खेलाडी समेत रहेका आमिर आख्तरकै भनाई मान्ने हो भने क्रिकेट प्रेमीहरुलाई कौतुहलता जगाउन थोरै थोरै विषयमा जानकारी गराइएको हो।

प्रष्ट छ अघिल्लो संस्करण जस्तै यसपटक पनि इपीएलमा कूल छ टीमकै सहभागिता रहनेछ। तर टिमको नाम भने फरक रहनेछ र यसपटक शहरको नामबाट टीमको नाम तय छ। काठमाडौं, ललितपुर, भैरहवा, विराटनगर, वीरगन्ज र पोखरा आगामी डिसेम्मवरमा हुने इपीएलमा खेल्ने छ टोली हुनेछन्।

यस्तै टीमको कप्तान र मालिकको घोषणा भने यही अगस्टको अन्त्यतिर अर्को कार्यक्रम गरेर घोषणा गर्ने अख्तरले जानकारी दिए।

प्रतियोगिगता सिंङ्गल राउण्ड रोविन लिगको आधारमा हुनेछ। प्रत्येक टिमले कम्तीमा ५ खेल खेल्नेछन्। लिगपछि शीर्ष चारमा रहने टीम प्लेअफमा पुग्नेछन् र प्लेअफ पछि फाइनल खेल हुनेछ। प्रतियोगिताको सबै खेलहरु कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ। 

३ विदेशी खेलाडी
छ वटै टिमले ३-३ विदेशी खेलाडी राख्न पाउनेछन्। अघिल्लो संस्करण भन्दा फरक शैलीमा यसपटक टिम निर्माण गरिदैछ। प्रत्यक टिममा कूल १५ खेलाडी हुनेछन्। जसमध्ये नेपालका १० खेलाडीको अक्सन हुनेछ।

त्यस्तै प्रत्येक टिमले समान ३ विदेशी खेलाडी राख्न पाउनेछन् भने एक मार्क्यु खेलाडी पनि राख्ने व्वयवस्था छ। यसलाई अप्सनलमा राखिएको छ। 

यस्तै बाँकी एक खेलाडी भने सहभागीले टिमले आ-आफ्नो शहरमा गएर ट्यालेन्ट हन्ट मार्फत खेलाडी खोजी गर्नुपर्नेछ। यसरी हेर्दा टीम निर्माण गर्न अक्सनबाट कूल ६० नेपाली खेलाडी छनोट हुनेछन्। यस्तै कूल १८ विदेशी खेलाडी हुनेछन् भने ६ मार्क्यु खेलाडी। अनी ६ खेलाडी ट्यालेन्ट हन्टमार्फत आउनेछन्। 

नेपाली दश खेलाडीलाई पनि तीन तहमा वर्गिकरण गरिएको छ ए, बी र सी। प्रत्येक टिमले ए र सी क्याटेगोरीबाट ३-३ तथा बी क्याटेगोरीबाट ४ खेलाडी छान्नुपर्ने आयोजक अध्यक्ष आमिर आख्तरले बताए।

अक्सनको बारेमा अन्य जानकारी, खेलाडीको बेस अमाउन्ट र स्यालरीको बारेमा अर्को कार्यक्रममा जानकारी गराइने अख्तरले बताए।

विदेशी खेलाडीको लागि पनि छुट्ट् पुल बनाएर खेलाडी छनोट गरिने अख्तरले बताएका छन्। उनलेप्रतियोगिताका भारत, पाकिस्तान, इंगल्याण्ड र अष्ट्रेलियासम्मका खेलाडी हुने समेत जानकारी दिए।

विजेतालाई २१ लाख
यो प्रतियोगिताको विजेताले पाउने रकम नेपाली क्रिकेट इतिहासमै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी हुनेछ। विजेता टोलीले नगद २१ लाख हात पार्नेछन्। जुन राष्ट्रिय खेलकुद परिषद्ले गरेको पीएम कपको पुरस्कार २० लाख भन्दा १ लाखले बढी हो। अख्तरले त्यो भन्दा बढी देखाउनकै लागि एक लाख थप गरेको स्वीकार समेत गरे। 

गत वर्षको इपीएल च्याम्पियन बनेको तेज पन्चकन्याले ५ लाख पुरस्कार पाएको थियो। 


राष्ट्रिय टिम कप्तान पारस खड्का, राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले इपीएल नेपालको ठूलो क्रिकेट प्रतियोगतिा भएको र यसले नयाँ खेलाडीको विकासमा सहयोग पुर्‍याउने प्रतिक्रिया दिए।

'हामी सबै खेलाडीहरु उत्साहित भएर इपीएलललाई पर्खिरहेका छौँ। दोस्रो संस्करणरमा यो अझै उत्कृष्ट हुने अपेक्षा छ। क्रिकेट राम्रो हुनका लागि स्पोनसरको पनि मुख्य भूमिका हुन्छ।' पारस खड्काले भने। 

स्पोनसरहरुको सहयोगले नै इपीएलको दवस्रो संस्करण हुन गइरहेको छ। यो जुनियर खेलाडीहरुको लागि धेरै ठूलो प्याटफर्म हो। अहिलेको अवस्थामा नेपाली क्रिकेटको लागि यो निकै ठुलो कुरा हो। नेपाली क्रिकेट अझै राम्रो हुनुपर्छ। प्रशिक्षक जगत टमाटाले भने। 

यस्तै आयोजक जोहोरवका अध्यक्ष आमिर अख्तरले इन्टरनेशनल स्टाइलमा डोमेस्टिक टुर्नामेन्ट गर्न लागेको बताए। प्रत्येक टिममा ३ विदेशी खेलाडी राख्ने विषयले समेत यसको महत्व प्रष्ट पार्छ। अख्तरले उत्साहित हुँदै भने। यस्तै पुरस्कार रकम समेत बढाएर २१ लाख पुर्‍याएका छौँ। 
उनले प्रतियोगिताका लागि विदेशी एक्सपर्ट हरुसमेत आउने जनाए। 'आइपीएल भेन्डर्स र आइपीएल इभेन्ट म्यानेजरहरु समेत सहभागी हुनेछन्।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell