PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पहिले इँट्टा हानियो, त्यसपछि ड्याङ-ड्याङ दुई पटक गोली चल्यो : प्रत्यक्षदर्शीको बयान

पहिले इँट्टा हानियो, त्यसपछि ड्याङ-ड्याङ दुई पटक गोली चल्यो : प्रत्यक्षदर्शीको बयान


  • लेखनाथ शर्मा, प्रत्यक्षदर्शी -
अपराह्न ओमशान्ति चोकबाट खरिबोटतर्फ बा १३ च  ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडी आउँदै थियो। उकालोतर्फ चढ्दै गर्दा एक्कासी गाडीको अगाडिको शिशामा इँट्टा हानियो। इँट्टा कहाँबाट प्रहार भयो भन्ने थाहै भएन। गाडी त्यहीँ रोकियो।

हाम्रो ध्यान गाडीलाई क्षति पुग्यो, कहाँबाट इँट्टा फालेको होला भन्नेतर्फ थियो। त्यतिकैमा ड्याङ - ड्याङ दुईपटक आवाज आयो। 

गोली चलेको रहेछ। हामी स्तब्ध भयौँ। त्यतिकैमा बलियो शरीर भएका एक अधबैंसे फटाफट अघि बढे। पिंक कलरको टिसर्ट लगाएका उनको हातमा रिभल्वर थियो। उनलाई पछाडिबाट मात्र हामीले देख्न सक्यौँ। 

गाडीभित्र गोली लागेका व्यक्ति अर्धचेत अवस्थामा पुगिसकेका थिए। उनका चालकले गोली हान्नेलाई पिछा गर्दै केही अघि बढेका थिए। तर उनलाई कसैले बोलायो। सायद उनलाई पनि गोली हान्न सक्छन् भनेर होला। 

करिब ३ सय मिटर टाढा मोटरसाइकल रोकिएको रहेछ। त्यही मोटरसाइकलको पछि चढेर उनीहरु उत्तरतर्फको कात्यायनी मन्दिरतर्फ दौडिए। हामीले मोटरसाइकल नम्बर देखिन्छ कि भनेर प्रयास गर्यौँह। तर, टाढा भएकाले त्यो सम्भव भएन। 
 
सम्बन्धित समाचार
निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या, प्राडोभित्र रहेकालाई यसरी हानियो गोली
गोली हान्ने बेपत्ता, सर्वसाधारणलाई सास्ती : राजधानीमा प्रहरी चेकिङ कडा
 पहिले इँट्टा हानियो, त्यसपछि ड्याङ-ड्याङ दुई पटक गोली चल्यो : प्रत्यक्षदर्शीको बयान
भारतीय सार्पसुटर काठमाडौंमा पक्राउ, 'व्यापारी हत्याको योजना असफल'


ट्रेन्डिङ पोस्ट

Ncell