PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

न्यू डायमण्डको मुख्य प्रायोजकमा शिवम् सिमेन्ट, वार्षिक ८ लाखको सम्झौता



पहिलोपोस्ट

न्यू डायमण्डको मुख्य प्रायोजकमा शिवम् सिमेन्ट, वार्षिक ८ लाखको सम्झौता

काठमाडौं : नेपाली महिला भलिबलको चर्चित टोली न्यू डायमण्ड एकेडेमीले मुख्य प्रायोजनको रुपमा शिवम् सिमेन्टको साथ पाएको छ। नेपालको लोकप्रिय सिमेन्ट शिवम् सिमेन्टले नैकापको न्यू डायमण्ड एकेडेमी (एनडिए)लाई एक वर्षको लागि मुख्य प्रायोजनको सम्झौता गरेको हो।

शनिबार भएको सम्झौता कार्यक्रममा शिवम् सिमेन्ट लिमिटेडका तर्फबाट भाइस प्रेसिडेन्ट सजन देवकोटा र न्यू डायमण्डका तर्फबाट प्रशिक्षक कमुरई राईले हस्ताक्षर गरे।

सम्झौता अनुसार शिवम् सिमेन्टले न्यू डायमण्डलाई एक वर्षका लागि ८ लाख नगद सहयोग गर्नेछ। जसमध्ये न्यू डायमण्डले ३ लाख प्रायोजन वापत खर्च गर्नेछ भने ५ लाखमा एउटा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्नेछ। जसको मुख्य प्रायोजक पनि शिवम् सिमेन्ट नै हुनेछ।

३ लाखबाट न्यु डायमण्डले खेलाडीका लागि किट्स र खेल सामाग्रीहरुङ्गा खर्च गर्ने प्रशिक्षक कुमार राईले बताए।

यस्तै अब न्यू डायमण्डले शिवम् न्यू डायमण्ड भलिबल टिमको नामबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ भने खेलाडी तथा अफिसियलले शिवम् सिमेन्टको लोगोअंकित जर्सी लगाएर खेल्नेछन्।

नेपाली भलिबलकै इतिहासमा कुनै एउटा क्लबको लागि यती रकममा सम्झौता भएको यो पहिलो पटक हो।

करिब तीन साता अघि साहस स्पोर्ट्सले पनि न्यू डायमण्डलाई एक वर्षको लागि १ लाख ७५ हजार बराबरको खेल सामाग्री उपलब्ध गराउने गरी सम्झौता गरेको थियो।

सम्झौतापछि न्यू डायमण्डका प्रिन्सिपल समेत रहेका प्रशिक्षक कुमार राईले भलिलबल टिमलाई थप अभिभारा थपिएको महसुस भएको बताए। 'लामो समयपछि नेपालको वम्बर वान सिमेन्ट सँग न्यू डायमण्डले इतिहासमै पहिलो पटक वार्षिक सम्झौता गरेको छ। यसका लागि कम्पनीका सुरेन्द् गोलएललाई धन्यवाद।'

'हामीलाई अझ राम्रो गर्ने चुनौती थपिएको छ। आजसम्म जस्तो खेलेका छौँ। त्यसमा दोब्बर राम्रो प्रदर्शन गर्ने र नेपाली भलिलबमा नयाँ आयामा थप्ने हाम्रो लक्ष्य छ।' वार्षिक प्रायोजन पाएपछि उत्साहित हुँदै राईले भने। 'अब कसरी नेपाली भलिबलमा अझै तहल्का मच्चाउने भनेर सोच्न थालिसकेका छौँ। यस्तै आगामी दिनमा कसरी अगाडी बढ्ने र राम्रो प्रदर्शन गर्ने भनेर खेलाडी नानीहरुसँग समेत छलफल गरिरहेका छौँ।'

यस्तै शिवम् सिमेन्टका भाइस प्रेसिडेन्ट सजन देवकोटाले सिमेन्ट उत्पादनमा नो कम्प्रमाइज भनेजस्तै खेलकुदमा पनि सामाजिक उत्तरदायित्वको रुपमा सहयोग गरेको र न्यू डायमण्डसँग जोडिन पाउदा अझै खुशी लागेको बताए। 'खेलप्रेमिले हैसितयतले हामीले न्यू डायमण्डको खेल हेरिरहेका थियौँ। एक जना साथिले हाम्रो नाराजस्तै न्यू डायमण्डका खेलाडीले पनि खेलमा कम्प्रमाइज नगरी लागेको भन्नुभयो र हामी पनि सिरियस भएर सोच्यौँ र खेलमा केही गर्नु छ भने न्यू डायमण्डलाई नै गर्नुपर्छ भनेर सहकार्य गरेका हौँ।'

देवकोटाले शिवमले जिम्मेवारी उच्च स्तरको सिमेन्ट उत्सादन गर्नु भएजस्तै न्यू डायमण्डको जिम्मेवारी उच्च स्तरको खेल पसुकनु भएको र दुवै पक्षकको जिम्मेवारी मिलेको प्रतिक्रिया दिए।

अहिलेसम्म व्यापसायिकताकै कमीले गर्दा नेपाली भलिबल अगाडी बढ्न नसकेको उदाहरण दिदै देवकोटाले अब खेलकुदमा पनि व्यावसायीहरुले लगानी गर्न थालेको र व्यावसयीकता भित्रेपछि मात्र खेलकुद राम्रोसँग अगाडी बढ्ने बताए।

उनले म्याराथन समेत पहिलो पाइलाबाटै अगाडी बढ्ने उदाहरण दिदै भलिबलमा पनि विस्तारै सहयोग बढाउदै लैजाने बताए।

'सुरुवात नै ठूलो कुरा हो। खेल राम्रो भएपछि अरुले पनि सहयोग गर्दै जानेछन् र यो रकममा पनि बृद्धि हुँदै जानेछ।'

यस्तै नेपाल भलिबल संघका उपाध्यक्ष रन्जन खड्का र महासचिव जितेन्द्र बहादुर चन्दले नेपाली भलिलबलको लागि यो सम्झँताले निकै महत्व राख्ने बताए।

उपाध्यक्ष खड्काले ६/७ वर्ष अगाडी न्यू डायमण्डमा खेल हेर्न जाँदा निकै दु:खको अवस्था रहेको स्मरण गर्दै आजको दिनसम्म ल्याइपुर्‍याउन प्रशिक्षक कुमार राईको ठूलो मेहनत रहेको बताए।

उनले देशलाई चिनाउने माध्यम खेलकुद नै भएको र सामाजिक उत्तरदायित्वका रुपमा व्यावसायीहरुले खेलकुदमा प्रायोजन गरेको बताए।

यस्तै महासचिव चन्दले नेपाली भलिबलमा अब राम्रो दिन सुरु भएकव र राम्रो खेल्यो भने प्रायोजक पनि आँफै आउने बताए।

प्रशिक्षक कुमार राईले अब छिट्दै राष्ट्रिय स्तरको खुला महिला भलिबलको मिति तोकेर भव्य रुपमा भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell