PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

न्यू डायमण्डलाई साहस स्पोर्टसको साथ, प्रतिभा मालि ब्राण्ड एम्बेसडर नियुक्त



पहिलोपोस्ट

न्यू डायमण्डलाई साहस स्पोर्टसको साथ, प्रतिभा मालि ब्राण्ड एम्बेसडर नियुक्त

काठमाडौं : नेपाली भलिबलमा स्थापित नामको रुपमा रहेको न्यू डायमण्ड स्पोर्टसले साहस स्पोर्टसले प्रायोजन गरेको छ। यस्तै सोही क्लबका खेलाडी तथा राष्ट्रि टिमकी स्पाइकर प्रतिभा मालीलाई साहसले एक वर्षको लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ।

मंगलबार राजधानीमा स्पोर्टस् वेयर कम्पनी साहसको घोषणासँगै कम्पनीले यी दुईसँग सम्झौता गरेको हो। सम्झौता मंगलबारबाटै लागु हुनेछ।

साहसले प्रतिभालाई एक वर्षको लागि ब्राण्ड एम्बेसडर नियुक्त गर्दै वार्षिक १ लाख २० प्रदान गर्ने र ५० हजार बरारबरको खेल सामाग्री सहित १ लाख ७० हजारको प्रायोजन गरेको हो।

प्रायोजन सम्झौता पत्रमा प्रतिभा र साहसको तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रवन्ध नर्देशक जनक न्यौपानेले हस्ताक्षर गरे।

यस्तै न्यू डायमण्डसँग प्रायोजनका रुपमा जोडिएको साहसले क्लबलाई १ लाख ७५ हजार बराबरको खेल सामाग्री प्रदान गर्ने भएको छ। सम्झौता पत्रमा साहसका तर्फबाट न्यौपाने र न्यू डायमण्डका तर्फबाट क्लबका अध्यक्ष सुनकेशरी मालीले हस्ताक्षर गरे।

प्रतिभा र न्यू डायमण्ड गरी साहस स्पोर्टसले साढे ३ लाखको प्रायोजन गरेको अध्यक्ष न्यौपाले बताए।

उनले अहिले भलिबलबाट यस अभियानमा जोडिएको र आगामी दिनमा अन्य खेलसँग पनि सहकार्य गर्दै अगाडी बढ्ने जानकारी दिए।

यस्तै एम्बेसडर नियुक्त भएकी नेपाली भलिबलकी चर्चत खेलाडी प्रतिभाले आफूलाई एम्बेसडर बनाएको खुशी लागेको र आगामी दिनमा साहसलाई सहयोग गर्ने प्रतिक्रिया दिइन्।

न्यू डायमण्डक एकेडेकीमा प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले कुनै बेला आफूहरुल साह गरेरै भलिलबलमा लागेको उदाहरण दिदै अहिले साहस स्पोर्टससँगै जोडिन पाउँदा निकै गर्व महसुस गरे। 'हामी एक दशक अघि साहस गरेरै भलिबलमै लागेको थियौँ, आज साहससँगै जोडिएका छौँ'।

सात जनाबाट ट्रेनिङ सुरु गरेको न्यू डायमण्डले अहिले दुई दर्जन भन्दा बढी खेलाडीलाई ट्रिनङ गराइराखेको र आगामी दिनमा अझ बढी खेलाडी उत्पादन गर्नमा जोड दिने कुमार राईले प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा र महासचिव जितेन्द्र बहादुर चन्दले भलिबल खेलको विकासका लागि यो राम्रो सुरुवात भएको बताए।

 

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell