PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

एसियाली शारीरिक सुगठनमा महेश्वर सहित ५ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने


पहिलोपोस्ट /पहिलोपोस्ट

एसियाली शारीरिक सुगठनमा महेश्वर सहित ५ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं : एसियाली शारीरिक सुगठन प्रतियोगिताको ५१औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली शनिबार दक्षिण कोरियाको सिओल जाँदैछ। भदौ ४ देखि १० गतेसम्म चल्ने प्रतियोगितामा ४ पुरुष र १ महिला खेलाडीले आ–आफ्नो क्षमता प्रदर्शन गर्नेछन्।

पुरुषको ५५ केजीमा कमल भण्डारी, ७० केजीमा अशोक महर्जन, ७५ केजीमा गत संस्करणका स्वर्ण विजेता महेश्वर महेश महर्जन तथा स्पोर्ट्स फिजिक्सको १७० सेन्टीमिटर उचाईंमाथि विजयत्तमरत्न वज्राचार्यले प्रतिस्पर्धा गर्नेछन्।

त्यस्तै निर्मला खड्काले मोडल फिजिक्सअन्तर्गत १६० सेन्टीमिटर उचाईंसम्म भाग लिने छिन्।

नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठको नेतृत्वमा रहने टोलीको अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय, निर्णायकमा अन्तर्राष्ट्रिय निर्णायक एवं संघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ र प्रशिक्षकमा ज्ञानेन्द्र नकर्मी छन्।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिहीबार सातदोबाटोमा बिदाइ गरे। त्यस अवसरमा उनले देशको विभिन्न भागमा बाढीबाट पीडितलाई केहि हदसम्म भएपनि खुशी तुल्याउन खेलाडीले पदक प्राप्त गर्ने विश्वास व्यक्त गरे।



एसियाली शारीरिक सुगठनमा महेश्वर सहित ५ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट