PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

एसियाली शारीरिक सुगठनमा महेश्वर महर्जन प्रथम स्थान हात पार्न सफल



पहिलोपोस्ट

एसियाली शारीरिक सुगठनमा महेश्वर महर्जन प्रथम स्थान हात पार्न सफल

काठमाडौं : नेपालका महेश्वर महर्जनले भुटानमा जारी ५० औं एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्ट्मा प्रथम स्थान हासिल गरेका छन्।
 
महर्जनले ७५ केजी तौल समूहमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण पदक जितेका हुन्। यस समूहमा भारतका खेलाडी दोस्रो, अफगानिस्तानका तेस्रो, मलेसियाको चौथो तथा थाइल्याण्डका पाँचौ भए।
 
बिहीबारसम्म चल्ने प्रतियोगितामा महेश्वरसँगै नेपालबाट कुल ६ खेलाडीले भाग लिएका छन्। जस अन्तर्गत पुरुष ५५ केजीमा सुरेश गुरुङ, ६५ केनीमा राम बहादुर दाहाल छन् भने स्पोर्ट्स फिजिकको पुरुषतर्फ विमललाल श्रेष्ठ र विजयत्तमरत्न तथा महिलातर्फ निर्मला खड्का रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell