PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

अब भारत जाँदा एक लाख हैन ५० हजार रुपैयाँमात्र नगद लैजान पाइने



अब भारत जाँदा एक लाख हैन ५० हजार रुपैयाँमात्र नगद लैजान पाइने
फोटो साभार : रोयटर्स

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले भारत जाँदा नगद लैजान पाउने एकलाख भारुको सीमा घटाएको छ। अब एक जनाले ५० हजार भारुमात्र नगद लैजान पाउने भएको हो।  
 
आगामी आर्थिक वर्ष २०७४/७५ नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। बिरामी या औचित्य खुल्ने अन्य प्रयोजनका लागि भारत जाँदा नेपाल राष्ट्र बैंकले एक लाख भारुसम्मको सटही सुविधा दिने गरेको थियो। अब ५० हजारभन्दा बढीको सटही सुविधा लिनुपर्दा अनिवार्य रुपमा कार्ड वा बैंकिङ्ग उपकरणमार्फत् सटही प्रदान गर्ने व्यवस्था गरिएको बताए।
 
त्यस्तै नेपालमा हुने कार्ड कारोबारको हिसाब मिलान भारतीय मुद्रामा भारतबाट भइरहेको र त्यस वापतको शुल्क भुक्तानी तथा फर्छ्यौटसमेत भारतीय मुद्रामा गर्नुपर्ने विद्यमान व्यवस्थाले कार्ड कारोबारको लागत बढाएको समेत मौद्रिक नीतिमा उल्लेख छ। यसलाई सम्बोधन गर्न विदेशी सेवा प्रदायकहरुबाट नेपालभित्र हुने इलेक्ट्रोनिक कार्ड कारोबारको फर्छ्यौट नेपालमै गरी खुद रकममात्र भुक्तानी हुने व्यवस्था मिलाइने जनाइएको छ।
 
नयाँ नियमअनुसार इजाजत प्राप्त संस्थाहरुले नगद विदेशी मुद्राबाट मात्र सटही दिने गरेकोमा बैकिङ्ग उपकरणको बढ्दो प्रयोगका कारण पछिल्लो समय उपकरणबाट समेत सटही दिन सक्ने व्यवस्था गरिने जनाइएको छ। त्यसका लागि निश्चित मापदण्ड पूरा गरेका इजाजतप्राप्त संस्थाहरुलाई प्वाइन्ट अफ सेल (पिओएस) मार्फत सटही सुविधा दिन सक्ने तथा आफ्नो सेवाको भुक्तानी लिन सक्ने व्यवस्था गर्ने केन्द्रीय बैंकले उल्लेख गरेको छ।

मौद्रिक नीतिबारे अन्य समाचार

अब नयाँ गाडी किन्दा ३५ प्रतिशतमात्रै डाउन पेमेन्ट, घर कर्जा सीमा डेढ करोड
ठूलो रकमको कारोबार गर्दै हुनुहुन्छ? साउन १ देखि नयाँ नियम लागू हुँदैछ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell