PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मौद्रिक नीति : अब नयाँ गाडी किन्दा ३५ प्रतिशतमात्रै डाउन पेमेन्ट, घर कर्जा सीमा डेढ करोड



मौद्रिक नीति : अब नयाँ गाडी किन्दा ३५ प्रतिशतमात्रै डाउन पेमेन्ट, घर कर्जा सीमा डेढ करोड

काठमाडौं : नेपाल राष्ट्र बैंकले सवारी साधन कर्जाको प्रावधान खुकुलो बनाएको छ। आगामी आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले 'अटो लोन' को सीमा ५० प्रतिशतबाट ६५ प्रतिशत पुर्‍याएको जानकारी दिए जस अनुरुप अब नयाँ गाडी किन्दा ३५ प्रतिशत डाउन पेमेन्ट गर्नु पर्नेछ। 

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत 'अटो लोन'मा कडाइ गरिएको थियो। गाडी कर्जामा कडाइ गरेसँगै सवारीसाधन बिक्री घटेको थियो। यसले भन्सार राजस्वमा समेत नकारात्मक प्रभाव पारेपछि सीमा वृद्धिका लागि अर्थमन्त्रालयले राष्ट्र बैंकलाई सुझाव दिएको थियो। बिक्री घटेपछि अधिकांश कम्पनीले सीमानामा ल्याइपुर्‍याएका गाडी जाँचपास नै नगरी भारतीय भूमिमै राखेका छन्। 
 
सवारीसाधन बिक्रेताले गाडीको कर्जा सीमालाई ७० प्रतिशत पुर्‍याउन माग राख्दै आएका थिए। यसप्रति अर्थ मन्त्रालय पनि सकारात्मक थियो।
 
यस्तै व्यक्तिगत घर कर्जा सीमा पनि एक करोडबाट बढाएर डेढ करोड रुपैयाँ पुर्‍याइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell