PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एक्सक्लुसिभ : मास्कधारीले गुण्डा नाइकेमाथि यसरी हाने गोली, हेर्नुस् भिडियो



सविन ढकाल

एक्सक्लुसिभ : मास्कधारीले गुण्डा नाइकेमाथि यसरी हाने गोली, हेर्नुस् भिडियो

समय : बिहान ९:३० 
स्थान : दिव्य पार्टी प्यालेस, गौरीघाट

कालो हाफपेन्ट लगाएका खाइलाग्दा एक व्यक्ति दायाँ काँधमा झोला भिरेर पार्टी प्यालेसतिर आइरहेका हुन्छन्। प्यालेसभित्र जिमखाना छ, उनी नियमित एक्सरसाइजका लागि यहाँ आउने गरेका हुन्।
 
बाग्मती किनारको सडकसँगै जोडिएको पार्टी प्यालेसको गेटबाट भित्र छिरुन्जेलसम्म उनी आफ्नै सुरमा आइरहन्छन्। तर उनको पिछा गरिरहेका मास्कधारी युवकमाथि उनलाई कुनै वास्ता हुँदैन। 

जब उनी गेटबाट भित्र छिर्छन्, उनलाई पछ्याउँदै आएका युवकले आफ्नो झोलाबाट पेस्तोल निकाल्छन्। र, ताकेरै तीनचोटि प्रहार गर्छन्- ड्याङ, ड्याङ, ड्याङ… 


गोली हान्दै अघि बढेका उनी गेटभित्रै पुग्छन् र लगत्तै फर्किएर कुलेलाम ठोक्छन्।

सेतो मास्क, कालो चस्मा र क्याप लगाएका व्यक्तिको गोली प्रहारबाट उनी अगाडि हुत्तिएर ढल्न पुग्छन्। यतिन्जेलमा उनको झोला भुइँमै छुटिसकेको  हुन्छ।

तीन राउन्ड गोली चलाएर फरार हुने युवक को होलान्? यो त प्रहरी अनुसन्धानले बिस्तारै पत्ता लगाउला। तर, पार्टी प्यालेसभित्र गोली लागेका व्यक्ति भने गुण्डा नाइके दावा लामा हुन्।

प्रत्यक्षदर्शी भन्छन्, 'गोली लागेपछि दावा ऐया भन्दै भुइँमा ढले। त्यसपछि जिमखानामै रहेका एक दाइले उठाएर हस्पिटल लग्नुभयो।' पेस्तोल हान्ने व्यक्ति कुद्दै बौद्धतिर भागेका थिए।'
 
कसरी लाग्यो गोली? पहिलोपोस्टको एक्सक्लुसिभ भिडियोमा हेर्नुस् :

थप समाचार पढ्न यहाँ क्लिक गर्नुस् : काठमाडौंको गौरीघाटमा डन दावा लामामाथि गोली प्रहार, उपचार हुँदै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell