PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

काठमाडौंको गौरीघाटमा डन दावा लामामाथि गोली प्रहार, घाइतेको उपचार हुँदै



सविन ढकाल

काठमाडौंको गौरीघाटमा डन दावा लामामाथि गोली प्रहार, घाइतेको उपचार हुँदै

काठमाडौं : काठमाडौंको गौरीघाटमा डन दाबा लामामाथि गोली प्रहार भएको छ। गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको ‘जिम हाउस’मा लामामाथि गोली प्रहार भएको हो। गोली प्रहारबाट उनी घाइते भएका छन्। लामा नयाँ बस्तीमा बस्दै आएका थिए। 

लामालाई उपचारका लागि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लगिएको छ। उनलाई कोखमा गोली लागेको छ। घटनास्थलमा प्रहरी भर्खरै पुगेको छ। 

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीले घटनाको अनुसन्धान भइरहेको र अपराधी करिव पत्ता लागिसकेको दाबी गरे।

प्रत्यक्षदर्शीका अनुसार पैदल आएका एक व्यक्तिले उनलाई गोली प्रहार गरी भागेका थिए। प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ। 

गणेश लामा समूहबाट गुण्डागर्दीमा सामेल हुँदै आएका लामा केही समयदेखि गणेश लामासँग छुट्टिएर छुट्टै समूह बनाई सक्रिय थिए। 

यसअघि पनि उनी दरबारमार्गमा एक व्यवसायी धम्क्याएकोमा पक्राउ परी भर्खर छुटेका थिए। विभिन्न काण्डमा उनी पक्राउ पर्दै आएका व्यक्ति हुन्। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell