PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

४-१ ले खेल गुमाएपछि नेपालका कोचले भने, सम्हालिनै पाएनौँ, तर जे जति गर्‍यो खुसी छु



४-१ ले खेल गुमाएपछि नेपालका कोचले भने, सम्हालिनै पाएनौँ, तर जे जति गर्‍यो खुसी छु

काठमाडौँ : फिलिपिन्सलाई उसकै मैदानमा रोक्ने लक्ष्य बोकेको नेपाली फुटबल टोलीले एएफसी कप छनौटको पहिलो खेलमा नतिजा ४-१ ले सुम्पेपछि नेपाली टोलीका जापानी कोच ग्योतोकु कोजीले यस्तो नतिजाको अपेक्षा नगरेको बताए। 

उनले भने, 'हामी खेलमा सम्हालिनै पाएनौँ। सुरुवातदेखि नै एकपछि अर्को नराम्रो हुँदै गयो। हामीले यस्तो नतिजाको अपेक्षा गरेको थिएनौँ। तर सुरुवातदेखि अप्ठेरोमा परेको टोलीले जे जति गर्‍यो, खुसी नै छु।'

उता फिलिपिनी कोच थोमस डेनिस डुलेले खेलाडीले योजना अनुसार नै खेलेको बताउँदै हाफ टाइमको अन्तिममा खान नहुने गोल खाएको बताए।

मध्यान्तर अगाडि इन्जुरी टाइममा विशाल राईले गोल गरेका थिए। फिलिपिनी कोचले भने, 'डिफेन्स लाइनले कम्जोरी गर्‍यो, त्यस्को फाइदा नेपाली टोलीले लियो। तर अन्तिममा फराकिलो जित निक्लेको छ। नेपालको लागि खेल अनपेक्षित बन्यो। यो तीन अंक हाम्रो लागि निकै महत्वपूर्ण छ।

सम्बन्धित समाचार
एसियन कप छनौट : १० मिनेटमा १० खेलाडीमा सीमित नेपाल ४-१ ले पराजित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell