PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

कञ्चनपुर घटना : भारतले जारी गर्‍यो अर्को विज्ञप्ति, माग्यो मृतकको पोस्टमार्टम रिपोर्ट



कञ्चनपुर घटना : भारतले जारी गर्‍यो अर्को विज्ञप्ति, माग्यो मृतकको पोस्टमार्टम रिपोर्ट

काठमाडौँ : कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले प्रहार गरेको गोलीले नेपाली नागरिकको मृत्यु भएको समाचार लगत्तै काठमाडौँस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै भारतीय पक्षबाट गोली प्रहार भएको समाचारको खण्डन गरेको थियो। 

तर शुक्रबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै सशस्त्र सीमा बलले यस विषयमा अनुसन्धान थालेको जनाएको छ। 

विज्ञप्तिमा भारतले नेपाल सरकारलाई कुटनीतिक माध्यमबाट मृतकको पोस्टमार्टम रिपोर्ट र फरेन्सिक रिपोर्ट पनि माग गरेको छ। 

सीमा क्षेत्रका नेपाल र भारत दुवै देशका अधिकारीहरुले भेटी शान्ति सुरक्षा कायम राख्ने सहमति गरेको पनि विज्ञप्तिमा उल्लेख छ। 

सम्बन्धित समाचार
भारतीय सुरक्षाकर्मीको गोलीले ज्यान गुमाएका गोविन्दलाई सहिद घोषणा गरिने : प्रधानमन्त्री
नेपाली भूमिमा भारतीयको गोली लागेर नेपाली ढलेको क्षण

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell