PahiloPost

Jun 18, 2026 | ४ असार २०८३

३३ किलो 'सुन काण्ड' सेलाउन नपाउँदै समातिए १५ किलो सुनसहित गाडी चालक



सविन ढकाल

३३ किलो 'सुन काण्ड' सेलाउन नपाउँदै समातिए १५ किलो सुनसहित गाडी चालक

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन पक्राउ परेको घटना सेलाउन नपाउँदै काठमाडौंको बालाजुबाट १५ किलो सुनसहित एक जना पक्राउ परेका छन्।

शुक्रबार राति रसुवाबाट काठमाडौंका लागि छुटेको ना १ ज ४९६४ नम्बरको टाटा सुमोमा तस्करी गरेको सुन ल्याइएको सूचनाका आधारमा खोजी गर्दा सो परिमाणको सुन भेटिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा चालक भक्तपुर सूर्यविनायकका ३० वर्षीय रवीन्द्र भुजेल रहेका छन्। गाडीको इन्जिन रहेको भागमा ब्याट्रीको फलामको ‘फल्स बटम’ जस्तो बनाइ लुकाइछिपाइ राखेको अवस्थामा सुन बरामद भएको बालाजु वृत्तका डिएसपी सन्तोष तामाङले बताए।

रसुवाबाट आएको सुमोको इञ्जिनमा सुन फिटिङ गरेको भेटिएपछि तस्करहरुको नयाँ शैली पर्दाफास भएको हो। सो घटनाबारे आजै पत्रकार सम्मेलन गरी थप जानकारी दिने पनि डिएसपी तामाङले बताए।
 
केही दिनअघि मात्रै विमानस्थलको भन्साबाट बाहिरिएको ३३ किलो सुन प्रहरीले फेला पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell