PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​पीडित भन्छिन् – यसरी भयो हामीमाथि तेजाब आक्रमण



  • सीमा बस्नेत-
मेरो नाम सीमा बस्नेत। घर रौतहट। वर्ष १६। कक्षा १०

म छ बजे घरबाट निस्किएँ। ६ बजेर १० मिनेटमा ट्युसन सेन्टरमा आइपुगेँ। अनि त्यतिबेलासम्म सर आइपुग्नु भएको थिएन। सर नआउँदासम्म म अकाउन्टको हिसाब प्राक्टिस गरेर बसेको थिएँ। संगीता भन्ने साथीलाई अकाउन्टको हिसाब आउँथ्यो। ऊ मलाई अकाउन्टको हिसाब सिकाउँदै गरेकी थिइ।

अनि एउटा मान्छे आयो। एकदम भुँइचालो आएको जस्तो ढोका घर्‍याक गर्‍यो। अनि पछाडिबाट एउटा एसिड भएको सिसी (आफ्नो पछाडि लुकाएर) हात उचालेर ड्याम्मै संगीता भएको ठाउँमा हान्यो। उसको पछाडि म बसेकी थिएँ। अनि मलाई पनि लाग्यो।

कक्षामा नौ जना छौँ तर आज तीन जना मात्रै थियौँ। संगीता म र हेमु। हेमुको हातमा मात्रै लागेको छ।


एसिड लिएर आउने एक जना मात्रै थियो। मास्क लगाएको थिएन। अरेन्ज कलरमा हुड लगाएको थियो। टोपी लगाएको थियो।
१९/२० वर्षको होला अनि अग्लो थियो। पहिला कहिले पनि देखेको थिएन।

मलाई हानेपछि मलाई पोल्दै आयो। मैले ‘सावधान इन्डिया’ हेरेको थिएँ । मलाई त्यसपछि शंका भयो अनि चिच्याउँदै चिच्याउँदै गएँ। आज पानी आउने पालो थियो। अनि एउटा आन्टीको घरमा गएर पानीले मुख पखालेँ। हत्तपत्त गएर ममीलाई हस्पिटल लैजानु भनेँ। अनि ममीहरुले मलाई हस्पिटल ल्याउनुभयो। साथी पनि मेरो पछाडि पछाडि दौडिइ।

मेरो घरबाट ट्युसन सेन्टर पाँच मिनेट टाढा छ। संगीताको चाँही नजिकै थियो।

यो पनि हेर्नुस्-

तेजाब छ्याप्ने केटाको अझै पहिचान भएन, तीन वर्षमा राजधानीमा यो दोस्रो घटना

 भिडियो हेर्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell