PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

रुपन्देही सिडिओको दावी : मनोजले एमाले नेतालाई फोन गरेर दुर्गा हत्याको जिम्मेवारी लिए



सविन ढकाल

रुपन्देही सिडिओको दावी : मनोजले एमाले नेतालाई फोन गरेर दुर्गा हत्याको जिम्मेवारी लिए

काठमाडौँ : नेकपा एमालेको भातृसंगठन युवा संघ नेपालका रुपन्देही जिल्ला कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मेवारी मनोज राना पुनले लिएको जिल्ला प्रशासन कार्यलय रुपन्देहीका प्रमुख विनोद सिंहले जानकारी दिएका छन्।

पहिलोपोस्टसँगको टेलिफोन कुराकानीमा उनले प्राइभेट नम्वरबाट फोन गरेर म पुनहुँ भन्दै घटनाको जिम्मेवारी लिएको उनले दावी गरे।

उनका अनुसार घटना भएको करिव १ घण्टापछि रुपन्देहीका एमाले नेता धुव्र खरेललाई फोन आएको हो। प्रहरीले उनको हत्या राजनीतिक कारणले नभई ब्यक्तिगत कारणले भएको प्रारम्भिक निष्कर्ष निकालेर अनुसन्धान अगाडि बढाइरहेको छ।

६ महिना अगाडि तिवारीमाथी गोली प्रहार भएको घटनामा प्रहरीले खोजेपछि पुन फरार छन्। सिंहले पुन अहिले भारतमा हुनसक्ने बताए।

मोटरसाइकलमा अाएका २ जनाले गोली हान्दा घाइते भएका तिवारीकाे देवदह मेडिकल कलेजमा उपचारकाे क्रममा मृत्यु भएकाे थियाे।

जिल्लाको देवदह नगरपालिका –६ खैरेनीका ४० वर्षीय तिवारी स्थानीय केविआइ इट्टा भट्टका सञ्चालकसमेत हुन्।
 

युवा संघ नेता तिवारीको हत्या : कारण 'लेनदेन' रहेको प्रहरी दाबी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell