PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​छनोट भएर पनि थ्री स्टारले किन खेल्न नपाउने भयो एएफसी कप प्लेअफ? यस्तो छ कारण एएफसीको पत्रसहित



पहिलोपोस्ट

​छनोट भएर पनि थ्री स्टारले किन खेल्न नपाउने भयो एएफसी कप प्लेअफ? यस्तो छ कारण एएफसीको पत्रसहित

काठमाडौं : गत अगस्टमा नेपाली लिग च्याम्पियन थ्री स्टार क्लब मंगोलियामा भएको एएफसी कप प्लेअफ क्वालिफायर्सको विजेता बन्दै एएफसी कप प्लेअफमा छनोट भएपछि नेपाली फुटबलकै लागि खुशीको दिन बनेको थियो। 

तर अहिले थ्री स्टारले एएफसी कप प्लेअफ प्रतियोगिता खेल्न नपाउने भएको छ। नेपाली फुटबलको सर्वोच्च निकाय एन्फाको लापरवाहीका कारण थ्रीस्टारले उक्त अवसर गुमाएको हो।

एएफसीले विहिबार एएफसी कप प्लेअफ खेल्ने क्लबहरुको देशको नाम आफ्नो वेवसाइटमा प्रकाशित गर्दा त्यहाँ नेपालबाट कुनै प्रतिनिधितव नदेखेपछि यसबारे नेपाली फुटबल समर्थक सबैको चासो बढेको थियो। 

थ्रीस्टारको सहभागिताबारे एएफसीले एन्फालाई बारम्बार पत्रचार गरेको तर एन्फाले त्यसलाई वास्ता नगरेपछि डिसेम्वर ६ दुई दिन एएफसीले एन्फालाई अन्तिम पत्र पठाउँदै थ्रीस्टारले प्रतियोगिता खेल्न नपाउने जानकारी गराएको हो। 

एएफसीले एन्फालाई पहिलोपटक सेप्टेम्वर २६ मा पत्र पठाएको थियो। त्यसपछि अक्टोवर ३०, नोभेम्वर २१ र नोभेम्वर २५ मा गरी टीन पटक पठाएको पत्रको पनि एन्फाले जवाफ नपठाएपछि थ्रीस्टारको खेल्ने सम्भावना कमजोर बनिसकेको थियो। 

त्यसपछि पनि एन्फाले डिसेम्वर ५ मा एएफसीको पत्रको जवाफ पठाएपनि त्यो ढिला भइसकेको र थ्री स्टारले एएफसी कप प्लेअफमा भाग लिन नसक्ने जनाएको छ।

प्रतियोगिताका निर्देशक सिन मान गिलले एन्फाका महासचिव धिरेन्द्र प्रधानलाई सम्बोधन गर्दै पत्र पठाएका छन्। 

यता थ्री स्टार क्लबलाई भने अहिलेसम्म यसबारे कुनै जानकारी नभएको र एक्कासी एएफसीको वेवसाइटमा जानकारी देख्दा आफुहरु पनि आश्चर्यमा परेको क्लबका महासचिव सन्जिव शिल्पकारले बताए। 

एएफसी कप प्लेअफमा दक्षिण एसियाली क्षेत्रबाट भारत, माल्दिभ्स र बंगलादेश, भुटान र श्रीलंकाको क्लबको स्थान छ। 

यतिसम्म मंगोलियाको क्लबलाई समेत प्लेअफमा एक स्थान छुट्याएको छ, जबकी थ्री स्टारले एएफसी कप प्लेअफ क्वालिफायर्समा मंगोलियाकै क्लबलाई हराएको थियो।

यस्तो छ एएफसीले एन्फालाई पठाएको पत्र


(फोटो गोलनेपाल डटकम बाट)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell