PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एमालेले भोलिदेखि संसद चल्न नदिने, लड्ने भनेर आए पछि हट्ने हैन पछार्न वामदेव गौतमको निर्देशन



पहिलोपोस्ट

एमालेले भोलिदेखि संसद चल्न नदिने, लड्ने भनेर आए पछि हट्ने हैन पछार्न वामदेव गौतमको निर्देशन

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद चल्न नदिने भएको छ। सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक परिपक्व हुन पाँच दिन लागे पनि एमालेले बिहीबारको संसद बैठक नै अवरुद्ध गर्ने निर्णय गरेको हो। 

अध्यक्ष केपी ओली अनुपस्थित बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतमले एमााले संसदीय दलको बैठकमा पार्टीको अध्यक्षका तर्फबाट भन्दै संसद अवरुद्ध गर्ने निर्णय सांसदहरुलाई सुनाएका हुन्। बानेश्वरमा बसेको संसदीय दलको बैठकमा गौतमले भने - संसद अवरुद्ध गर्न हामी दिनभर आवश्यक परे पनि बस्छौ, रातभर पनि बस्छौँ, पालो गरेर भए पनि बस्छौँ।'

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला टुक्र्याउने काम देश विखण्डनको रणनीति अनुरुप आएको उनको भनाई थियो। साथै अन्य चार संशोधन समेत त्यसलाई सहयोग पुग्ने गरी आएको बताए। तराईलाइ पहाडबाट अलग गर्ने गरी अहिले पाँच नम्बरबाट पहाडी जिल्ला हटाइएको र पछि एक र सात नम्बर अनि तीन नम्बर प्रदेशबाट किन अलग गर्न नहुने भन्दै प्रश्न उठ्ने अवस्था रहेको गौतमको भनाई थियो। 

'देश विखण्डन स्वाभिमानमा खलल पार्नेलाई संसद प्रयोग गर्न दिन्नौँ', उनले भने, 'पार्टीको अर्को निर्णय नभएसम्म अवरोध गर्नेछौँ।'

एमाले सचेतक भानुभक्त ढकालले बिहीबारको संसद बैठकमा पौने १ बजे नै आइपुग्न सांसदहरुलाइ निर्देशन दिएका छन्। 'जाम छ भन्न पाइन्न। ढिला गर्न पाइन्न', उनले सचेत गराए। 

उपाध्यक्ष गौतमले संसद बैठकमा मर्यादित भएर प्रस्तुत हुन सांसदहरुलाइ निर्देशन दिए। 'खुर्सानी लिएर काटमार गरेर रगत बगाउने काम चाहिँ गर्दैनौँ', उनले भने, 'मर्यादित रुपमै आन्दोलन गर्ने हो।'


साथै उनले 'कोही लड्ने भनेर आएपछि पछाडि हट्ने हैन पछार्नु पर्छ', भन्दै सांसदहरुलाई निर्देशन दिए। बैठकमा गौतमले 'सं‌घर्ष प्रतिन्द्वदी कसरी आउँछ त्यसमा निर्धारित हुने' बताए। 

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने संविधानको ठाडो उल्लं‌घन गरेर प्रदेशको सीमाकन हेरफेर गरिएको बताए। संक्रमणकालीन व्यवसथा अनुसार प्रदेशका काुनन मात्र अहिलेको रुपान्तरित संसदले गर्न सक्ने तर सीमाङ्कन हेरफर गर्न नसक्ने उनको तर्क थियो। 

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली अस्वस्थ भएकोले बैठकमा अनुपस्थित रहेको जानकारी संसदीय दलका उपनेता सुवास नेम्वाङले दिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell