PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

ओली अस्वस्थ, सं‌सदीय दलको बैठकमा अनुपस्थित



पहिलोपोस्ट

ओली अस्वस्थ, सं‌सदीय दलको बैठकमा अनुपस्थित

काठमाडौँ : सीमाङ्कन परिमार्जनसहित सरकारले हिजो राति दर्ता गरेको संविधान स‌शोधनको प्रस्तावबारे रणनीति बनाउन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स‌ंसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन्। 

बैठकमा उनी अस्वस्थ भएकोले अनुपस्थित भएको जानकारी दिइएको छ। संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार अस्वस्थताका कारण ओली घरमै आराम गरिरहेका छन्। 

उता, सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पोलिटब्युरो बैठक पनि प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को व्यस्तताका कारण स्थगित भएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell