PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेस एमालेले वार्ताको जिम्मा प्रधानमन्त्रीलाई दिए, विपक्षी भन्छन्, वार्ता गर्दैनौँ



कांग्रेस एमालेले वार्ताको जिम्मा प्रधानमन्त्रीलाई दिए, विपक्षी भन्छन्, वार्ता गर्दैनौँ

काठमाडौँ : नेपाली काँग्रेस र नेकपा (एमाले) को केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले एमाओवादी नेतृत्वको १९ दलीय मोर्चासँग वार्ताको जिम्मेवारी नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालालाई सुम्पेको छ । 

संविधानका अन्तरवस्तुमा सहमति कायम गर्न प्रस्ताव समिति गठन भएबाट संविधान निर्माणको प्रक्रिया अघि बढेकामा त्यसलाई सकारात्मक रुपमा लिँदै बैठकले प्रक्रिया र सहमतिलाई सँगसँगै अघि बढाउने निर्णय गरेको नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले राससलाई बताए। 

संविधानका अन्तरवस्तुमा प्रश्नसहितको प्रस्ताव तयार गर्ने समिति गठनसँगै संविधानलेखन प्रक्रिया अघि बढेको निष्कर्ष निकाल्दै बैठकले एमाओवादी नेतृत्वको मधेसी दल सम्मिलित मोर्चासँग वार्ता र संवादको माध्यमबाट लोकतान्त्रिक संविधान निर्माणमा एकजुट भएर लाग्ने निर्णय भएको जानकारी पनि उनले दिए। 

तर एमाओवादी नेतृत्वको मधेसकेन्द्रित दलहरुसहितको विपक्षी मोर्चाको आजै बसेको बैठकले भने सरकारले, दलहरुले र संविधान सभा अध्यक्षले बोलाउने वार्तामा नजाने घोषणा गरेको थियो।
 
संविधानसभाको आजको बैठकले पाँच दिनभित्र प्रश्नसहितको प्रस्ताव तयार गरी सभासमक्ष पेस गर्ने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङद्वारा प्रस्तुत प्रस्ताव बहुमतले पारित गरेको थियो । 

बैठकमा प्रधानमन्त्री कोइराला, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका साथै दुवै दलका वरिष्ठ नेताहरू सहभागी थिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell