PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

कदम नसच्याए विपक्षी मोर्चा वार्ता, प्रक्रियामा सहभागी नहुने, सभाध्यक्षलाई सहयोग नगर्ने



कदम नसच्याए विपक्षी मोर्चा वार्ता, प्रक्रियामा सहभागी नहुने, सभाध्यक्षलाई सहयोग नगर्ने

काठमाडौं : एकीकृत नेकपा माओवादीसहितको १९ राजनीतिक दलले संविधानसभा अध्यक्षको कदमप्रति तीब्र असन्तुष्टि जनाउँदै त्यसलाई नसच्याए सरकार र दलहरुले बोलाउने वार्तामा समेत नबस्ने निर्णय गरेको छ।

आजको कदम सच्याउने र आन्दोलनका सहयात्रीबीच सहमतिमा संविधान ल्याउने ग्यारेन्टी नगरेसम्म सरकार र दलले आह्वान गरेको वार्तामा नबस्ने निर्णय भएको मोर्चाका संयोजक तथा एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले जानकारी दिए। उनले भोलि २ बजे ३० दलको बैठक बस्ने र त्यसबाट जनतामा जाने कार्यक्रमहरु तय हुने बताए।

प्रकृयामा जाने कदम नसच्याए संविधानसभा अध्यक्षलाई कुनै पनि विषयमा सहयोग नगर्नेसमेत उनले चेतावनी दिए। साथै अन्य प्रकृयामासमेत सहभागी नहुने जानकारी दिए।

'सबैभन्दा पहिले हामी जनताकहाँ जान्छौं,' उनले बैठकपछि भने, 'संविधानसभाको यात्रामा आजको कदम निरशंकुश र प्रतिगामी हो।'

यसको विरोधमा सभाध्यक्षविरुद्ध आज देशभरि प्रतीकात्मक विरोध गर्ने मोर्चाले जनाएको छ।

'सभाध्यक्षको गरिमा ओज र सम्मानलाई लत्याएर कांग्रेस एमालेको कार्यकर्ताजस्तो भएर संविधानसभाको इतिहासमा एउटा प्रतिगामी र अलोकतान्त्रिक कुकृत्य गर्नुभएको छ,' प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'त्यो देशलाई द्वन्द्व र मुठभेडको दिशामा धकेल्न सत्ताधारीहरुको निहित स्वार्थ एवम् योजनाअनुसार भएको हाम्रो ठहर छ।'

प्रचण्डले बैठकपछि गरेको पत्रकार सम्मेलनको भिडियो-
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell