PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दलित युवाको हत्या घटना अनुसन्धानका लागि छानबिन समिति बन्ने



पहिलोपोस्ट

दलित युवाको हत्या घटना अनुसन्धानका लागि छानबिन समिति बन्ने

काठमाडौं : काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्या भएको भन्दै दलित अगुवाहरुले ज्ञापनपत्र बुझाएलगत्तै प्रधानमन्न्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छानबिन समिति बनाउन निर्देशन दिएका छन्।
 
सिंहदरबारमा दलित अगुवाहरुले मिजारको हत्या भएको भन्दै छानबिन समिति बनाउन आज प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। ज्ञापनपत्र बुझेलगत्तै प्रधानमन्त्रीले गृहसचिव नारायण गोपाल मलेगो र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई कार्यकक्षमा बोलाएर छानबिन समिति बनाउन निर्देशन दिएका हुन्।

‘काभ्रे पाँचखालमा दलित युवाको हत्या भएको भन्दै दलित नेताहरुले ज्ञापनपत्र बुझाउनुभएको छ। यसको यथार्थ के हो?' निर्देशन दिँदै उनले भनेका थिए, 'निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति बनाउनुस् र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउनुहोस्।’

भेटमा गृहसचिव मलेगो र महानिरीक्षक अर्यालले प्रधानमन्त्रीको निर्देशन बमोजिम तत्कालै छानबिन समिति बनाउने प्रतिबद्धता जनाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell