PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

दलित युवाको हत्याबारे गृहमन्त्री, गृहसचिव र आइजिपीसँग बुझेर प्रक्रिया थाल्छु : प्रधानमन्त्री



पहिलोपोस्ट

दलित युवाको हत्याबारे गृहमन्त्री, गृहसचिव र आइजिपीसँग बुझेर प्रक्रिया थाल्छु : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरजातीय विवाहमा दलित युवाको हत्या भएको भन्ने घटनाबारे गृहमन्त्री, गृहसचिव र आइजिपीलाई बोलाएर जानकारी लिने भएका छन्।
 
संयुक्त राजनीतिक दलित संघर्ष समितिले आज पेश गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले काभ्रे घटना गम्भीर प्रकृतिको प्रतिनिधिमूलक घटना भएको बताए। यसबारे तुरुन्तै गृहमन्त्री, गृहसचिव र आइजिपीलाई बोलाएर घटनाको यथार्थ बुझेर प्रक्रिया अघि बढाउने उनले प्रतिबद्धता जनाए।
 
गरिबका लागि सरकार, मन्त्रीपरिषदमा दलितहरुको प्रतिनिधित्व र देशभरका दलितका बच्चाहरुको जन्मदर्तामा प्रोत्साहन भत्ता दिने जस्ता निर्णय दलित र अन्य उत्पीडित वर्गतिर फर्कने सोचसहित आएको प्रधानमन्त्रीले बताए।
 
दलित अगुवाहरुले काभ्रेको पाँचखाल–६ का अजित (ढकाल) मिजारको अन्तरजातीय विवाहका कारण हत्या भएको भन्दै त्यसको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। अगुवाहरुले हत्यामा केटी पक्षका आफन्त र स्थानीय प्रशासनको समेत मिलेमतो रहेको भन्दै केन्द्रीय तहमा छानबिन समिति बनाउन, पीडकलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell