PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'चरी'लाई सहिद घोषणा गर्न कार्यकर्ताको माग



 'चरी'लाई सहिद घोषणा गर्न कार्यकर्ताको माग
युवा संघको झण्डासहित पुगेका एमाले कार्यकर्ताहरु।

काठमाडौँ :  प्रहरी कारबाहीमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी 'चरी'लाई सहिद घोषणा गर्नुपर्ने माग राख्दै कार्यकर्ताहरुले नाराबाजी गरेका छन्।

भिमढुङ्गास्थित घटनास्थलबाट एम्बुलेन्समा राखी 'चरी'को शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याउने क्रममा एमाले भ्रातृ संगठन युवासंघको झण्डा बोकेका कार्यकर्ताहरुले नाराबाजी गरेका हुन्। 

राति अबेरसम्म कार्यकर्ताहरु अस्पताल परिसरमा थिए। 

अप्रिय घटना हुनसक्ने आशंकामा प्रहरीले अस्पतालमा सुरक्षा कडा पारेको थियो।  

एमाले नेताहरु गृहमन्त्री निवासमा
यसैगरी 'चरी'लाई नियोजित रुपमा हत्या गरिएको आरोप लगाउँदै परिवारसहित एमाले सभासद्हरु गंगालाल तुलाधार, राजेन्द्र पाण्डे र धादिङ एमालेका कार्यवाहक अध्यक्ष भूमि त्रिपाठीसहित १५ जना नेताहरु गृहमन्त्री वामदेव गौतम निवास आज बिहान पुगेका थिए। 

​गृहमन्त्री वामदेव गौतमले छानबिन गर्ने प्रतिवद्धता जनाएका छन्। 

अधिकारीको परिवारले घटनाको सत्यतथ्य छानबिन नभएसम्म शव नउठाउने चेतावनी दिएको छ। हिजै राति शव ल्याइएको भए पनि आज दिउँसोसम्म पोस्टमार्टम हुन सकेको छैन। 

​सभासद तुलाधरले 'इन्काउन्टर' का नाममा गरिएको  'गैरमानवीय हत्याको चरम पराकाष्ठा'  भएको बताएका छन्।  

 
comments powered by Disqus



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell