PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

स्पष्टिकरणका लागि लोकमानसहित अख्तियारका सबै आयुक्तलाई संसदीय समितिले आइतबार डाक्यो



पहिलोपोस्ट

स्पष्टिकरणका लागि लोकमानसहित अख्तियारका सबै आयुक्तलाई संसदीय समितिले आइतबार डाक्यो

काठमाडौँ : संसदको सुशासन तथा अनुगमन समितिले अख्तियार अनुसन्धान दुरुपयोग आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की सहित आयुक्तहरुलाई स्पष्टिकरणका लागि बोलाएको छ। 

काठमाडौँ विश्वविद्यालय चिकित्साशास्त्र तर्फ स्नातकोत्तर कार्यक्रमको प्रवेश परिक्षामा अख्तियारको संलग्नताबारे समितिले स्पष्ट पार्न आइतबारका लागि बोलाउने निर्णय गरेको हो। 

'हामीले प्रमुख आयुक्तसहित आयुक्तहरु सबैलाई बोलाएका हौँ', समितिका सदस्य अमनलाल मोदीले पहिलोपोस्टसित भने, 'काठमाडौँ विश्वविद्यालयको परिक्षा मात्र नभई गोविन्द केसीले अनसनमा उठाएको माग लगायतका छलफल गर्ने हो।'

यसअघि पूर्व उपकुलपतिहरुले काठमाडौँ विश्वविद्याल (केयु)को परीक्षा सञ्चालनमा अख्तियारले हस्तक्षेप गरेको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका थिए। 

बिहीबार सांसद गगन थापासहितले दर्ता गरेको सार्वजनिक महत्वको प्रस्तावमा समेत (केयू)को परिक्षामा अख्तियारको संलग्नताको प्रश्न उठाइएको छ। 

अख्तियारको टोलीले विश्वविद्यालयले एमडी, एमएस र एमडिएसको प्रश्नपत्र नियन्त्रणमा लिएर आफैँ प्रश्नपत्र निर्माणदेखि सञ्चालनसम्मको काम गरेको थियो। 

सम्बन्धित समाचार - लोकमान इन पत्रकार आउट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell