A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6980a42910f2b1.79051353): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6980a42910f2b1.79051353,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

​सरकार ढल्नबाट जोगिएलगत्तै भारतलाई सरकारको दुई सरप्राइज : राष्ट्रपतिको भ्रमण रद्द, दूत फिर्ता
PahiloPost

Feb 2, 2026 | २० माघ २०८२

​सरकार ढल्नबाट जोगिएलगत्तै भारतलाई सरकारको दुई सरप्राइज : राष्ट्रपतिको भ्रमण रद्द, दूत फिर्ता



​सरकार ढल्नबाट जोगिएलगत्तै भारतलाई सरकारको दुई सरप्राइज : राष्ट्रपतिको भ्रमण रद्द, दूत फिर्ता

काठमाडौं : रातारात कठिन प्रयासले सरकार ढल्नबाट जोगाएलगत्तै प्रधानमन्त्री केपी ओलीको सरकारले भारतलाई दुई सरप्राइज दिएको छ। शुक्रबार सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको अर्को साता हुन लागेको भारत भ्रमण रद्द गर्दै भारतका लागि नेपाली राजदूतलाई समेत फिर्ता बोलाएको छ। 

राष्ट्रपतिको भ्रमणलाई औपचारिक बनाउन सबै तयारी सम्पन्न भइसकेका थिए। दुई साताअघि भारतीय विदेश मन्त्रालयको ब्रिफिङमा नै नेपालका राष्ट्रपतिले भारत भ्रमण गर्ने घोषणा गरिसकिएको थियो। 'उहाँलाई नयाँ दिल्लीमा रहँदा राष्ट्रपति भवनमा राखिनेछ', विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भनेका थिए।

राष्ट्रपतिको भ्रमणका क्रममा हस्ताक्षर हुने सम्झौताहरु लगायतका सबै तयारी पूरा भइसकेपछि पनि भ्रमण रद्द हुनुलाई भारतीय पक्षले आश्चर्यका रुपमा लिएको भारतीय मिडियाले जनाएको छ। 

बुधबार र बिहीबारको राष्ट्रिय राजनीतिमा नाटकीय घटनाक्रमसँगै शुक्रबार परराष्ट्र सचिव शंकरदास बैरागीले भारतीय राजदूत रणजीत रायलाई फोन गरेर राष्ट्रपतिको भ्रमण रद्द भएको जानकारी दिएका थिए। 

राष्ट्रपतिको भ्रमण रद्दसँगै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई पनि बर्खास्त गर्ने निर्णय सरकारले गरेको छ। 

स्रोतका अनुसार राजदूत उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरी आफूलाई कुनै जानकारी नदिई भ्रमण रद्द गरेकोमा असन्तुष्टि जनाएका थिए। 

ओलीबाट नकारात्मक जवाफ पाएलगत्तै राजदूत उपाध्यायले राजीनामा दिने सोच बनाएर पार्टीमा यसबारे जानकारी पनि दिएका थिए। भारतमा राजदूत नियुक्त हुनुअघि उपाध्याय नेपाली कांग्रेसका केन्द्रीय सदस्य थिए। 

तर राजीनामा दिनुअगाडि नै सरकारले तीन आरोप लगाएर शुक्रबार बर्खास्त गरिदियो। 

यस्ता छन् आरोप

परराष्ट्र स्रोतका अनुसार राजदूत उपाध्यायमाथि तीन आरोप लगाइएको छ। 

एक, सरकारलाई जानकारी नदिई कार्यक्षेत्र छाडेर हिंडेको। नेपालमा सरकार परिवर्तनको चलखेल हुँदा उनी परराष्ट्रसँग विनाअनुमति काठमाडौं आएका थिए। त्यसैगरी उनले भारतका विभिन्न शहरमा आयोजना गरिएको कार्यक्रममा जाँदा समेत सरकारसँग अनुमति मागेका थिएनन्।

राजदूत उपाध्यायमाथि नेपालका लागि भारतीय राजदूत रणजित रायसँग मिलेर मधेशी आन्दोलनलाई उचालेको आरोप समेत छ। मधेशी दलका नेतालाई भारतमा बसेर तथा नेपालमा आउँदा मधेशका जिल्ला घुमेर सघाएको आरोप उनीमाथि लगाइएको छ।

त्यसैगरी केपी ओली नेतृत्वको सरकार ढाल्न सहयोगी भूमिका खेलेको आरोप समेत उनीमाथि लगाइएको परराष्ट्र स्रोतले जानकारी दियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell