काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धर्मपुत्रका रुपमा पालेका नवलपरासीका जितबहादुर सारुमगरलाई परिवारको जिम्मा लगाएका छन्। आइतबार नेपाल आएका मोदीले हायात होटलमा जितबहादुरलाई परिवारसँग भेटाएका हुन्।
भिडियो हेर्नुस्-
मोदीले नेपाल भ्रमणको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत जितबहादुरलाई परिवारको जिम्मा लगाउने बताइसकेका थिए। उनले लेखेका थिए-‘मलाई निकै खुसी लागेको छ किनकी भोलि म आफै उनीहरुलाई उनीहरुको छोरा सुम्पने छु।‘
नवलपरासीको कावासोती-१ का जितबहादुर सारुमगर (२७) मोदीको संरक्षणमा भारत गुजरातको रायपुर विश्वविद्यालयमा बिबिए अध्ययन गर्दै छन्।
१० वर्षको छँदा असहाय अवस्थामा भेटिएका जितबहादुरलाई मोदीले आश्रय दिएका दिए।

पुनर्मिलनका क्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी पनि उपस्थित थिए। परिवार पत्ता लगाउन चौधरीले विशेष सहयोग गरेका थिए।
अढाई वर्षअघि गुजरातका मुख्यमन्त्री रहेका मोदी नेपाल उद्योग परसिंघ (सीएनआई)को निम्तोमा नेपाल आउने कार्यक्रम बनेको थियो। यद्यपि, पछि उनको त्यो कार्यक्रम रद्द हुन पुग्यो।
उक्त कार्यक्रम बन्ने बेलामा नै मोदीले नेपाल उद्योग परसिंघ (सीएनआई)का तत्कालीन अध्यक्ष एवं उद्योगपति विनोद चौधरीलाई जितबहादुरको परिवार पत्ता लगाइदिन अनुरोध गरेका थिए। र, चौधरीकै सहयोगमा उनको परिवार पत्ता लागेको थियो।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता सयद अकबरुद्धिनले पारिवारिक पूनर्मिलनको तस्बिर ट्विटरमा पोस्ट गरेका छन्।
Bringing a family together! @PMOIndia 1st engagement in Nepal was to bring together Jeet Bahadur's family. pic.twitter.com/OJ7zZY4rhP
— Syed Akbaruddin (@MEAIndia) August 3, 2014
