PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

६१ नगरपालिका थपिए, कुन गाविस कुन नगरपालिकामा? सूची हेर्नुस्



६१ नगरपालिका थपिए, कुन गाविस कुन नगरपालिकामा? सूची हेर्नुस्

काठमाडौं : मंगलबार बसेको मन्त्रिपरिषदको सामाजिक समितिको बैठकले  ६१ वटा नयाँ नगरपालिकाको घोषणा गरेको छ। सरकारले यसअघि  ७२ वटा नयाँ नगरपालिका घोषणा गरेको थियो।

मन्त्रिपरिषदले ६७ वटा नगरपालिका थप्न प्रस्ताव गरेको थियो। समितिले स्वीकृत गरेका नगरपालिका मन्त्री परिषदको बैठकले पारित गर्नुपर्छ।

नयाँ नगरपालिका घोषणा भएपछि काठमाडौं र भक्तपुर गाविसरहित जिल्ला बनेका छन्। थपिएका नगरपालिकामा काठमाडौंका मात्र ९ नगरपालिका छन्। त्यस्तै भक्तपुरमा चार र ललितपुरमा तीन नगरपालिका थपिएका छन्। 

प्रस्तावित ६७ मध्ये कलैया, बबइ, स्याङ्जाको गल्याङ तनहुँको भिमाद् र भानु तथा ललितपुरको बज्रबाराही सहित ६ वटालाई फेरि थप अध्ययन गर्नुपर्ने समितिले तत्काल नगरपालिका घोषणा गर्नबाट रोकेको छ। 

यी हुन् नयाँ थपिएका नगरपालिका

काठमाडौंमा गोकर्णेश्वर, दक्षिणकाली, तारकेश्वर, शंखरापुरा, चन्द्रागिरी, कागेश्वरी मनहरा, टोखा, नागार्जुन र बुढानिलकण्ठ नयाँ थपिएका नगरपालिका हुन्।

त्यस्तै ललितपुरमा 
कार्यविनायक, गोदावरी, महालक्ष्मी नगरपालिका घोषणा गरिएको छ। भक्तपुरमा अनन्तलिंगेश्वर, सूर्यविनायक, चाँगुनारायण र महामञ्जुश्री नगरकोट नयाँ नगरपालिका हुन्।

त्यस्तै धनुषा जिल्लामा  गणेशमान चारनाथ, मिथिला र सबैला गरेर तीन नयाँ नगरपालिका थपिएका छन्। तीन नगरपालिका थपिने अर्को जिल्ला बारा हो। यसमा महागढीमाई, सिम्रौनगढ र कोल्हवी  नयाँ नगरपालिका थपिएका छन्। बर्दियामा पनि तीन नगरपालिका थपिएका छन्। त्यस्तै कञ्चनपुरमा चार नगरपालिका थपिएका छन्।

रामेछाप, मोरङ र चितवनमा दुई दुई नगरपालिका थपिएका छन्। 

कञ्चनपुर - घोडाघोडी, चाँदनी दोधारा र झलारी पिपलाडी
बर्दिया - सानोश्री, राराताल र बाँसगढी
दाङ - घोराही, त्रिपुर
कपिलवस्तु - वाणगंगा, बुद्धबाटिका
रामेछाप- मन्थली र रामेछाप 
मोरङ - लेटाङ, भोगटेनी 
चितवन - माडी र नारायणी 
रुकुम - मुसीकोट

लमजुङ - सुन्दरबजार
इलाम-  देउमाई 
सुनसरी - रामधुनी भाषी 
धनकुटा - पाख्रिबास
भोजपुर - खडानन्द
संखुवासभा - मादी
सप्तरी - सप्तकोशी
सिराहा - गोलबजार
सोलु - दूधकुण्ड
झापा - शिव सताक्षी 
महोत्तरी - बर्दिवास
दोलखा- जिरी
सिन्धुली - दुधौली
रौतटहट - गरुडा
पर्सा - पोखरीया
बाजुरा- बढिमालिका
कैलाली - भजनी त्रिशक्ति
डडेलधुरा - परशुराम
रोल्पा - लिवाङ
सिन्धुपाल्चोक - मेलम्ची
सुर्खेत - भेरीगंगा 
गोरखा - पालुङटार
काभ्रे - काशीखण्ड
बैतडी - पाटन

कुन गाविस कुन नगरपालिकामा परे, विस्तृत सूची हेर्नुस्-







यो पनि पढ्नुस्ः सरकार, हामीलाई गाविसमै बस्न देऊ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell