PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

गगन थापाको समितिलाई अख्तियार प्रमुखले टेरेनन्



गगन थापाको समितिलाई अख्तियार प्रमुखले टेरेनन्

काठमाडौँ :  अख्तियार प्रमुख लोकमानसिंह कार्कीले गगन थापा सभापति रहेको व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिमा आउन अस्वीकार गरेका छन्।

समितिले छलफलका लागि कार्कीलाई आज डाकेको थियो। तर अख्तियारका तर्फबाट कामु सचिव प्रेमकुमार राईले पत्र पठाउँदै नआउने जनाउ दिएका हुन्।

सुशासन समितिबाहेक अरु समितिले डाकेको छलफलमा उपस्थित नहुने भन्दै अख्तियारले कात्तिक १८ गतेको बैठकमा निर्णय गरिसकेको पनि पत्रमा उल्लेख छ।

यसबारे अर्थ समितिको बैठकमा पनि जानकारी गराइसकेको पत्रमा उल्लेख छ। 

कार्कीले भनेका थिए - सुशासन समितिमा मात्रै जान्छु

अख्तियार प्रमुख कार्कीले कात्तिक १९ गते अर्थ समितिको बैठकमा आफू संसदीय समितिप्रति उत्तरदायी हुने भन्दै अबदेखि आफूसँग छलफल गर्नुपर्ने भए संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा मात्रै आफूलाई बोलाउन आग्रह गरेका थिए।

आफूले अर्थ समितिको बैठकमा उपस्थित हुने विषयमा पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसँग छलफल गरेर मात्रै उपस्थित भएको उनले बताए।

'आगामी दिनमा सम्मानित संसद अर्थात् माननीय सदस्यज्यूहरुले नै पारित गर्नु भएको व्यवस्थापिका संसदको कार्य संचालन नियमावली २०७० ले तोकेको व्यवस्था बमोजिम संसदको सुशासन तथा अनुगमन समितिमा उपस्थित भइ आयोगका कामकारबाहीका बारेमा जानकारी दिनेछु,' कार्कीले लिखित सम्बोधनमा भनेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell