PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भारतको एसएसबीले भन्यो- 'हाम्रा दुई निशस्त्र जबान नेपालको नियन्त्रणमा'



भारतको एसएसबीले भन्यो- 'हाम्रा दुई निशस्त्र जबान नेपालको नियन्त्रणमा'

काठमाडौं : भारतीय सीमा सुरक्षा बलले दुईजना निसश्त्र एसएसबी जवानलाई नेपालको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको आरोप लगाएको छ।

एसएसबीका डिजी बिडी शर्माले नेपालको सशस्त्र प्रहरीले नेपाल भारत सीमाबाट एसएसबीका दुई निशस्त्र जवानलाई नियन्त्रणमा लिएको जनाएको भारतीय पत्रिका हिन्दुको अनलाइन संस्करणले जनाएको छ।


हतियार सहित नेपाली भूमिमा प्रवेश गरेका भारतीय सीमा सुरक्षा बलका १३ जना जवानलाई झापाको केचनामा सशस्त्र प्रहरीले पक्राउ गरेको थियो। बिहान ६ बजेतिर नेपाल प्रवेश गरेका उनीहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ सशस्त्र प्रहरीको इकाइमा राखेको छ।

झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलका अनुसार नेपाली भूमिमा प्रवेश गरेका १३ जना मानिस र ७ वटा हतियार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्।

केही दिनअघि सुनसरीमा नेपाली भूमिमा नै प्रवेश गरेर एसएसबीका जवानले गोली प्रहार गर्दा ४ जना नेपाली घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell