PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

हतियार सहित नेपाल छिरेका एसएसबीका १३ जवान झापामा पक्राउ



हतियार सहित नेपाल छिरेका एसएसबीका १३ जवान झापामा पक्राउ
फाइल फोटो

  • पहिलोपोस्ट-
काठमाडौं : हतियार सहित नेपाली भूमिमा प्रवेश गरेका भारतीय सीमा सुरक्षा बलका १३ जना जवानलाई झापाको केचनामा सशस्त्र प्रहरीले पक्राउ गरेको छ। बिहान ६ बजेतिर नेपाल प्रवेश गरेका उनीहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ सशस्त्र प्रहरीको इकाइमा राखेको छ।

झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले नेपाली भूमिमा प्रवेश गरेका १३ जना मानिस र ७ वटा हतियार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। '१३ जना मानिस र ७ वटा हतियार नियन्त्रणमा लिएको जानकारी आएको छ' उनले भने ' सहायक प्रमुख जिल्ला अधिकारीको टोली त्यसतर्फ गएको छ, उहाँहरु पुगेपछि थप जानकारी आउला।'

घटनाको बारेमा जानकारी लिन झापाका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला सहितको टोली केचनातर्फ गएको हो। केही दिनअघि सुनसरीमा नेपाली भूमिमा नै प्रवेश गरेर एसएसबीका जवानले गोली प्रहार गर्दा ४ जना नेपाली घाइते भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell