PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

नेपाल vs युएई : प्लेअर्स टु वाच



पहिलोपोस्ट

नेपाल vs युएई : प्लेअर्स टु वाच

काठमाडौं : नामिबियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू क्रिकेटमा नेपालले आज युएईसँग तेस्रो खेल खेल्दैछ। दुवै टोलीका लागि आजको खेल उत्तिकै महत्वपूर्ण छ। पहिलो खेल जितेको नेपाल र युएई दुवैले दोस्रो खेल हारेको थियो।

डिभिजन टू को शीर्ष दुई स्थानमा रहन दुवैको टोलीको लागि आजको खेल जित्नैपर्ने दबाब छ। पराजयले भने शीर्ष दुईमा पर्ने सम्भावना कठिन बन्नेछ।

यी हुन् आजको खेलमा हेर्न लायक खेलाडी

 

सन्दीप लामिछाने (नेपाल)

नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले पहिलो खेलमा ४ तथा दोस्रो खेलमा २ विकेट लिएका थिए। नामिबियालाई १३८ रनमा अलआउट गर्न सन्दीपले ८.२ ओभरमा २ मेडन राख्दै १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए।

आइपीएलमा सन्दीपलाई किनेको दिल्ली डेयरडेभिल्सले समेत सन्दीपको उक्त बलिङ स्पेलको प्रशंसा गरेको थियो।

यस्तै दोस्रो खेलमा ओमान विरुद्ध १० ओभर बलिङ गर्दा २९ रन खर्चेर २ विकेट लिएका थिए।

सर्वाधिक विकेट लिनेमा सन्दीप युएईका कप्तान रोहन मुस्ताफा भन्दा मात्र पछि छन्।

 

रोहन मुस्ताफा (युएई)

मुस्ताफा युएईका कप्तान तथा अलराउण्डर हुन्। उनले यसअघिका दुई खेलमा सर्वाधिक ७ विकेट लिइसकेका छन् भने ११० रन समेत बनाइसकेका छन्। सर्वाधिक रन बनाउनेमा उनी तेस्रो स्थानमा छन्।

उनले केन्या विरुद्ध पहिलो खेलमा ७३ रन बनाएका थिए भने क्यानडा विरुद्ध नटआउट ३७ रन बनाएका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell