PahiloPost
PahiloPost

Mar 25, 2017 | १२ चैत्र २०७३


About Us


पहिलोपोस्ट डट कम बिजमान्डू प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।  यस प्रालिले आर्थिक मुद्दामा केन्द्रित समाचार पोर्टल बिजमान्डू पनि सञ्चालन गर्छ। सामाजिक-सांस्कृतिक मुद्दा, राजनीतिक गतिविधि, खेलकूद, विज्ञानप्रविधि, जीवनशैली र मनोरञ्जनसँग सम्बन्धित समाचार पहिलोपोस्टका प्राथमिकता हुन्।  यो पोर्टलको बेटा संस्करण २०७१ साउन १ गतेबाट सुरु भएको हो। 

उमेश श्रेष्ठ
सम्पादक     
युनिकोडमा आधारित नेपाली भाषाको पहिलो इन्डेपेन्डेन्ट समाचार पोर्टल परेवा डट कमका सम्पादक रहेका उनी ब्लगर सालोक्यका रुपमा पनि चिनिन्छन्। १० वर्षदेखि उनले सञ्चालन गर्दैआएको माइसंसार देशविदेशका पाठकमाझ परिचित छ। नागरिकन्युजको स्थापना कालदेखि चार वर्षसम्म उनी अनलाइन संयोजक थिए। त्यसपछि करिब एक वर्ष अन्नपूर्ण पोस्टको डेपुटी डिजिटल एडिटर भए। छापा पत्रकारितामा नयाँ सडक र स्पेसटाइम दैनिक, टेलिभिजन पत्रकारितामा च्यानल नेपाल र एभिन्युज टेलिभिजनको अनुभवसमेत हासिल गरेका उनी त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर हुन्।  editor@pahilopost.com

ऋषिकेश दाहाल
सह- सम्पादक     
​२०५७ साल देखि पत्रकारितामा सक्रिय ऋषिकेश दाहालले यसअघि नागरिकन्युज डट कम, कान्तिपुर पब्लिकेसन्सको नेपाल म्यागेजिन, स्पेसटाइम दैनिक, नयाँ सडक दैनिकमा काम गरिसकेका छन्। उनी त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता अध्ययन, अध्यापन र अनुसन्धानमा पनि संलग्न छन्।​ rishi@pahilopost.com



मनोज सत्याल
संवाददाता     
गोर्खा एफएम ९३ मेगाहर्जमा राजनीतिक बिटको रिपोर्टिङबाट पत्रकारिता यात्रा सुरु गरेका सत्यालले त्यहाँ दुई वर्ष काम गरे। त्यसलगत्तै उनले नेपाल वान टेलिभिजनमा पनि साढे २ वर्ष राजनीतिक बिटमा काम गरे । उनले पत्रकारितामा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्।  manoj@pahilopost.com

रमेश वाग्ले
संवाददाता     
२०६२ बाट मिडियासँग आवद्ध भएका वाग्लेले भक्तपुर एफएम १०५.४ मेगाहर्जमा कार्यक्रम प्रस्तोताको रुपमा एक वर्ष काम गरे। ललितपुरस्थित सामुदायिक रेडियो (इसिआर एफएम १०४.२ मेघाहर्ज)मा स्रोतासँगै राजनीतिक बहस कार्यक्रम चलाउने उनले २०६४ सालदेखि सगरमाथा टेलिभिजनमा करिब ७ वर्ष संवाददाता तथा प्रस्तोताका रुपमा काम गरे। त्यसपछि पुलेसो, ओएनएस र सौर्य दैनिकमा काम गरेका वाग्ले २०७२ असोजदेखि पहिलोपोस्टमा आवद्ध छन्। उनी त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत छन्। ramesh@pahilopost.com

फणिन्द्र संगम
संवाददाता     

इलामबाट एक दशकअघिदेखि पत्रकारिता थालेका संगमले एक वर्ष झापाबाट प्रकाशित 'दैनिक विवेचना’को सह-सम्पादक, दुई वर्ष ‘इलाम एफएम’को समाचार प्रमुख र तीन वर्ष ‘नागरिक दैनिक’को डेस्कमा रही काम गरिसकेका छन्। त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषा-साहित्यमा स्नातकोत्तर उनी साहित्यिक फिचर र सामाजिक विषयको लेखनमा रुचि राख्छन्। पुस्तक सम्पादनमा समेत संलग्न रहेका संगम २०७३ वैशाखदेखि पहिलोपोस्टमा आवद्ध छन्। phanindra@pahilopost.com


इलिट जोशी 
फोटो संवाददाता     
केही समय कान्तिपुर दैनिकमा काम गरेका इलिट जोशी फोटोग्राफीमा दख्खल राख्छन्।  इभेन्ट फोटोग्राफी उनको शौख हो। सामाजिक विषयवस्तु तथा सा‌ंस्कृतिक गतिविधिहरुलाई आफ्‍नो लेन्समा कैद गर्न रमाउने जोशीको फोटो सम्पादनका पनि दक्षता छ। उनी फागुन २०७२ देखि पहिलोपोस्टमा आवद्ध छन्। elite@pahilopost.com

स्वेच्छा राउत  
संवाददाता     
सटिक टिप्पणीका कारण माइक्रोब्लगिङ साइट ट्विटरमा स्वेच्छा राउत परिचित नाम हो। स्नातक तहमा पत्रकारिता तथा आम सञ्चार र अङ्ग्रेजी साहित्य अध्ययनरत राउत सामाजिक विषयमा कलम चलाउँछिन्। जीवनशैली, मनोरञ्जन र साहित्य उनको सौखका विषय हुन्। छोटा कथाहरुमा पनि उनको रुचि छ। पहिलोपोस्टमा स्वेच्छा फागुन २०७२ देखि आवद्ध छिन्। rswechhya@pahilopost.com

गोविन्दराज नेपाल
संवाददाता     
अन्नपूर्ण पोस्ट दैनिकबाट खेलकूद बिटको रिपोर्टिङ सुरु गरेका गोविन्दले नेपाल जापान डट कम अनलाइन, एभिन्युज टेलिभिजन र खरीबोट अनलाइनमा खेलकुद संवाददाताका रुपमा काम गरे। उनले पत्रकारिता र अंग्रेजी साहित्यमा त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन्। नेपाल २०७३ जेठबाट पहिलोपोस्टमा आवद्ध छन्। govinda@pahilopost.com


सविन ढकाल
संवाददाता     
फिल्मी कुरा टेलिभिजन कार्यक्रमबाट पत्रकारिता सुरुवात गरेका सविनले सगरमाथा टेलिभिजनमा चार वर्ष रिपोर्टिङ गरे। उनले त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। हाल उनी पत्रकारितामा स्नातक तहमा अध्ययनरत छन्। उनी २०७३ जेठदेखि पहिलोपोस्टमा आवद्ध छन्। sabin@pahilopost.com



अनन्त कोइराला
संवाददाता     
अन्नपूर्ण पोस्ट्मा एक वर्ष डिजिटल संवाददाता भएर काम गरेका कोइरालाले मदन पुरस्कार पुस्तकालयमा अनुसन्धाता र जगदम्बा प्रकाशनमा सह-सम्पादकको रूपमा २ वर्ष काम गरेका थिए। उनी त्रिभुवन विश्वविद्यालयबाट आम सञ्चार  तथा पत्रकारितामा स्नातकोत्तर हुन्। हाल उनी जापानमा छन्।  ananta@pahilopost.com​

विष्णुहरि घिमिरे
संवाददाता   
सन् २००० देखि हिमालय टाइम्स दैनिकबाट पत्रकारिता थालेका विष्णुहरि घिमिरेको छापा र टेलिभिजन पत्रकारितामा लामो अनुभव छ। २००३ देखि २०००८ सम्म उनले नेपाल १ टेलिभिजनमा खेल पत्रकारिता गरे। २००८ देखि कान्तिपुर टेलिभिजनमा उप सम्पादक रहेका घिमिरे २०१० देखि २०१३ सम्म कान्तिपुर टेलिभिजनकै खेल व्युरो प्रमुख तथा स्कोरबोर्ड कार्यक्रमका प्रस्तोता समेत रहे। हाल अमेरिकामा रहेका घिमिरेले २०६४ सालमा त्रिविबाट पत्रकारितामा स्नातकोत्तर गरेका हुन्।





                                               
सरोज काफ्ले
सल्लाहकार सम्पादक    
साप्ताहिक पत्रिका पुनर्जागरणबाट व्यवसायिक रुपमा पत्रकारिता सुरु गरेका काफ्लेले आर्थिक पत्रकारितामा करिब डेढ दसक बिताइसकेका छन्। राजधानी दैनिकमा संवाददाताका रुपमा दुई वर्ष र अन्नपूर्ण पोष्टमा एक दसकभन्दा बढी सम्वाददाता, करेस्पोन्डेन्ट र आर्थिक ब्युरो चिफको भूमिकामा काम गरेका थिए। २०७० साउन १ देखि बिजमाण्डूका सम्पादक उनी ग्रामीण विकास विषयमा स्नातकोत्तर छन्। हाल उनी अध्ययनका लागि अमेरिकामा छन्। 

विज्ञान अधिकारी
सम्पादक    
हिमालय टाइम्सबाट आर्थिक पत्रकारिता सुरु गरेका अधिकारी आर्थिक पत्रकारहरुको संस्था सेजनका पूर्व अध्यक्ष हुन्। नागरिक दैनिकको स्थापना कालदेखि नै आर्थिक ब्युरोमा आवद्ध हुनुअघि उनी नयाँ पत्रिका दैनिकमा आर्थिक ब्युरो प्रमुख थिए। एचबिसी तथा गोर्खा एफएममा आर्थिक कार्यक्रम सञ्चालकको रुपमा उनले आर्थिक पत्रकारिताको अनुभव पनि बटुलेका छन्। उनी २०७३ कात्तिक २४ देखि बिजमान्डूको सम्पादक छन्। 

सुदर्शन सापकोटा
सह-सम्पादक    
२०६१ सालदेखि पत्रकारितामा सक्रिय सापकोटा २०६३ सालदेखि आर्थिक पत्रकारितालाई प्रमुख विधा बनाएर केन्द्रित छन्। नागरिक दैनिकको स्थापना कालदेखि उनले वित्तीय र पूँजी बजार विषयकेन्द्रित समाचार लेख्दै आएका थिए। त्यसअघि विराटनगरबाट प्रकाशित हुने दर्शन दैनिक, हिमालय टाइम्स, गोरखापत्र, आर्थिक अभियान साप्ताहिक र नयाँ पत्रिका दैनिकमा काम गरेका थिए। उनी २०७० फागुन १ गतेबाट बिजमाण्डूमा आवद्ध छन्।

प्रभात भट्टराई
 स‍ंवाददाता    
आर्थिक अभियान साप्ताहिक (हालको दैनिक) बाट आठ बर्ष अघि पत्रकारिता थालेका भट्टराई आर्थिक र वित्तीय विषयमा रिपोर्टिङ गर्न रुचि राख्छन्। अभियानपछि नयाँ पत्रिका दैनिकमा दुई बर्ष र साप्ताहिक खबर पत्रिका हिमालमा चार बर्ष काम गरेका भट्टराई २०७० पुसदेखि बिजमान्डूमा आबद्ध  छन्। भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र र पत्रकारितामा स्नातक गरेका छन्। हाल उनी उच्च शिक्षाका लागि चीनमा छन्। 

उमेश पौडेल
 
   

नेपाली हेडलाइन्स डटकम अनलाइनमा आर्थिक बिट सम्हालेका उमेश पौडेल त्रिभुवन विश्वविद्यालय अन्तर्गत पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा स्नातकोत्तर गरिरहेका छन्। उनी २०७२ पुसबाट बिजमाण्डूमा कार्यरत छन्। उनले त्यसअघि साप्ताहिक पत्रिका जनसमर र पुष्पवृष्टि साप्ताहिकमा पनि काम गरेका छन्।

कविराज लम्साल
मार्केटिङ प्रमुख    
नागरिक दैनिकको स्थापनाकालदेखि सर्कुलेसनको जिम्मेवारी सम्हालेका लम्सालसँग कारोबार दैनिकमा मार्केटिङ एक्जिक्युटिभमा काम गरेको अनुभव छ । कारोबारमा ४ वर्ष काम गरेपछि उनी हाल बिजमाण्डूसँग आवद्ध छन् । व्यवस्थापन संकायमा स्नातक सकेका उनी यस प्रालिका मार्केटिङ विभाग प्रमुख हुन् ।


 

 

पूर्व सहकर्मी

केपी ढुंगाना (२०७३ मंसिर- २०७३ चैत)
विनोद ढकाल (२०७२ जेठ- २०७३ जेठ)
रविराज बराल (२०७१ जेठ- २०७३ वैशाख)
सविन मिश्र (२०७१ भदौ- २०७२ चैत)
अंगद ढकाल (२०७१ भदौ- २०७२ मंसिर)
कञ्चन अधिकारी (२०७१ जेठ- २०७१ चैत)
विजयराज खनाल (२०७० कात्तिक-२०७१ कात्तिक)
अपार प्रमोद
यादवराज जोशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

PahiloPost
PahiloPost.com 
Division of Bizmandu Pvt. Ltd.
Durbarmarg Kathmandu Nepal
 
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg
Durbarmarga, Kathmandu, Nepal
Phone : 014227242, 014227212
www.facebook.com/bizmandu
mail us : bizmandu@bizmandu.com - See more at: http://www.bizmandu.com/content/contact-us.html#.U3hRM0CPBdg

014227212/ 014227242
pahilopost@gmail.com

fb.com/PahiloPostNews
twitter.com/PahiloPost
youtube.com/PahiloPostTV

Copyright ©2017 PahiloPost. All rights reserved. a division of Bizmandu Media Pvt. Ltd, Kathmandu, Nepal