PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

ओलीलाई सोधिएको स्पष्टीकरणको पत्र बालुवाटारमा, सचिवालयको दावी : पत्र आएकै छैन



ओलीलाई सोधिएको स्पष्टीकरणको पत्र बालुवाटारमा, सचिवालयको दावी : पत्र आएकै छैन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई सोधिएको स्पष्टीकरण पत्र बालुवाटारमा बुझाएका छन्।

माघ २ को स्थायी कमिटी बैठकले ओलीलाई किन साधारण सदस्यबाट नहटाउने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आफ्नो समूहको प्रतिनिधिका रुपमा अध्यक्ष प्रचण्ड-नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकालाई बालुवाटार पठाएका थिए।

सचिवालयको अनुमतिले गेटमा पत्र बुझाएर फर्किएको पाण्डेको दावी छ।

‘हामीले गेटमा बुझायौँ, उनीहरुले सचिवालयमा सोधे। फलानो फलानो पत्र लिएर आउनु भएको छ भनेपछि हुन्छ पठाइदिनुस् भन्नुभयो। हामी चिट्ठी छोडेर आयौं,’ उनले भने।

तर, प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले सचिवालयलाई स्पष्टीकरणबारे जानकारी नभएको बताए।

‘सचिवालयमा केही आएको छैन। गेटमा कसले के-के छोडछन् त्यसको हिसाब किताब हुदैन,’ उनले भने।

बजगाईले प्रधानमन्त्रीलाई स्पष्टीकरण सोध्नुको अर्थ नभएको बताए। ओलीलाई स्पष्टीकरण सोध्नु राजनीतिक ‘स्टन्ट’ मात्रै भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell