PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

पूर्व मन्त्री महासेठलाई आफ्नै निर्वाचन क्षेत्रमा प्रचण्ड-नेपाल समूहको कालो झण्डा



पहिलोपोस्ट

पूर्व मन्त्री महासेठलाई आफ्नै निर्वाचन क्षेत्रमा प्रचण्ड-नेपाल समूहको कालो झण्डा

जनकपुरधाम : पूर्व मन्त्री रघुवीर महासेठलाई आफ्नै निर्वाचन क्षेत्रमा कालो झण्डा देखाइएको छ। धनुषा निर्वाचन क्षेत्र नम्बर ४ स्थित बटेश्वर गाउँपालिकामा पुष्प कमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहका नेता कार्यकर्ताले आज महासेठलाई कालो झण्डा देखाएका हुन्।

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा रघुवीर महासेठ र उनकी श्रीमती जुली महतो लागेका छन्। ओली पक्षमा लागेर प्रतिनिधिसभा विघट गर्नेलाई सघाएको भन्दै आइतवार ओली पक्षका नेताको घरमा भेटघाट गर्न गएको बेला बटेश्वर बजार नजिक महासेठलाई प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।

नेकपाका प्रचण्ड-नेपाल समूहका नेता कुशेश्वर महतो, कृष्णकुमार महतो, रामुकमार महतो, राजकुमार महतो, रामकुमार पासवान लागायतले कालो झण्डा देखाउँदै महासेठ र प्रधानमन्त्रीविरुद्ध प्रदर्शन समेत गरेका थिए।

महासेठ निर्वाचित धनुषाको क्षेत्र नम्बर ४ स्थित बटेश्वर गाउँपालिकालाई उनको भोट बैंक मानिन्छ। तर, ओली पक्षमा लागेपछि अधिकांश नेता कार्यकर्ता महासेठको विपक्षमा उभिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell