PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

लुम्बिनी प्रदेशलाई हराउँदै प्रदेश १ प्रधानमन्त्री कपको फाइनलमा



पहिलोपोस्ट

लुम्बिनी प्रदेशलाई हराउँदै प्रदेश १ प्रधानमन्त्री कपको फाइनलमा

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा प्रदेश १ले लुम्बिनी प्रदेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ। लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले लुम्बिनीमाथि १० विकेटको सानदार जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको लुम्बिनीले फितलो ब्याटिङ गर्दै १४.१ ओभरमा ५२ रन बनाउँदै अलआउट भएको थियो। लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन बनाउँदा अन्य ब्याटरहरुले दोहोरो अंकको रन जोड्न सकेनन्।

उता प्रदेश १ का लागि संगिता राई र निग्मा तामाङले सर्वाधिक २/२ विकेट लिँदा कप्तान रुविना क्षेत्रीले १ विकेट लिइन्।
जवाफी ब्याटिङमा उत्रिएको प्रदेश १ ले ८.५ ओभरमा बिना कुनै विकेटको क्षति लक्ष्य पुरा गर्‍यो। प्रदेश १ का लागि कप्तान रुबिना क्षत्रीले सर्वाधिक २६ रन बनाउँदा काजोल श्रेष्ठले २२ रन बनाइन्।

जितसँगै प्रदेश १ फाइनलमा प्रवेश गरेको छ। फाइनलमा प्रदेश १ र एपीएफ भिड्ने छन्।

प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्नेछ। भने उप -विजेता टोलीले ३ लाख त्यसैगरी सेमिफाइनलबाट बाहिरिएका दुई टोली सुदूरपश्चिम र लुम्बिनीले समान २५ हजार प्राप्त गर्नेछन्। यस्तै विधागततर्फ सर्वोउत्कृष्ट खेलाडीले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार, उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell