PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

लगातार तेस्रो जित निकाल्दै एपीएफ समूह विजेता, अर्धशतक बनाउन चुकिन् ज्योति



पहिलोपोस्ट

लगातार तेस्रो जित निकाल्दै एपीएफ समूह विजेता, अर्धशतक बनाउन चुकिन् ज्योति

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज भएको दोस्रो खेलमा विभागीय टोली एपीएफले लुम्बिनी प्रदेशमाथि सहज जित निकालेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा एपीएफले लुम्बिनीमाथि ६१ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। जसमा सर्वाधिक ४९ रन बनाएकी ज्योती पाण्डे अर्धशतक बनाउन एक रनले चुकिन्। त्यस्तै इन्दु बर्माले २८ रन बनाउँदा राजमती ऐरीले ११ तथा सरिता मगरले अभिजित १० रन बनाइन्।

उता लुम्बिनीका लागि नेरी थापाले २ विकेट लिँदा सरस्वती पुन र कृतिका मरासिनीले १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ६१ रनमा सीमित भयो।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ११ रन बनाउँदा सरस्वती पुनले अभिजित १० रन जोडिन्। लुम्बिनीलाई लक्ष्यसम्म पुग्न नदिन एपीएफकी करुणा भण्डारीले सर्वाधिक ३ विकेट लिइन्। त्यस्तै सोनु खड्का र रेखा रावलले समान १/१ विकेट लिए।

जितसँगै एपीएफ समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको छ भने लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell