PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

प्रचण्ड-नेपाल सडकमा आउनुलाई नेता साउद भन्छन्, ‘दुख पाइस मंगले आफ्नै ढंगले’



पहिलोपोस्ट

प्रचण्ड-नेपाल सडकमा आउनुलाई नेता साउद भन्छन्, ‘दुख पाइस मंगले आफ्नै ढंगले’

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेकपाका नेताहरुले आफ्नै कारणले दु:ख पाएको बताएका छन्।

प्रधानमन्त्री केपी ओलीले त्याग नगर्दा र प्रचण्ड र माधव नेपाल प्रक्रियाबाट अगाडि आउन नसक्दा अहिलेको अवस्था निम्तिएको उनको भनाई छ।

गृहजिल्ला कञ्चनपुरमा रहेका नेता साउदले शुक्लाफाँटा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको परिस्थितिको दोषी सबै नेता र सिंगो कम्युनिस्ट पार्टी नै दोषी रहेको उल्लेख गरे।

उनले प्रचण्ड र नेपाल सडकमा आउनुलाई ‘दु:ख पाइस मंगले आफ्नै ढंगले’ भन्ने उखानसँग तुलना गरे। ‘आफ्नो गल्तीको कारणले आफै दु:ख पाएर माइतीघरमा आएका छन्। यो त आफै रोइस मंगले आफ्नै ढंगले जस्तो भयो,’ उनले भने।

प्रधानमन्त्रीले संसद विघटनको कदम चाल्नुअघि नै नेकपाका नेताहरुले सोच्नुपर्ने भन्दै चुनाव घोषणा भइसकेपछि सांसदको अंकगणित गर्नुको अर्थ नभएको उनको भनाई छ। ‘ओलीले यो कदम चाल्नुमा प्रचण्ड र माधव नेपाल दोषी छन्। पहिले नै संसदीय दलको नेताबाट ओलीलाई हटाएर माधव नेपाल आफू हुनुपर्थ्यो। अब चुनाव घोषणा भइसकेपछि सांसद गनेर हुन्छ?’ उनले प्रश्न गरे।

ताजा जनादेशका लागि चुनावमा जानुको विकल्प नभएको भन्दै उनले तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे। पुस १३ गतेको आन्दोलन सफल पार्न पनि उनले आह्वान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell